फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–भारत खुल्ला सिमा नेपालगन्जमा नेपाली व्यापारीको भीड

(GMT+08:00) 2019-02-05 13:33:52
नेपाल–भारत खुल्ला सिमानाका कारण नेपालगन्जमा दैनिक उपभोग्य वस्तुको मूल्य घटबढ हुने गरेको छ। उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु प्रायः यहाँका व्यापारीले भारतबाटै आयात गर्छन्। भन्सार महसुल तिरेर आयात हुने र अवैध रुपमा भित्रिने सामानको बिक्री मूल्य फरक पर्छ। यसले नेपालगन्जको बजारलाई समेत प्रभाव पार्ने गरेको व्यापारी बताउँछन्। पसलपिच्छे दैनिक उपभोग्य वस्तुको मूल्यमा अन्तर देखिन्छ।

नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं किराना व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल–भारत खुल्ला सिमानाले गर्दा उपभोग्य वस्तुको मूल्य सधैं तलमाथि हुने गरेको तर्क गर्नुभयो। 'नेपाल–भारत खुल्ला सिमानाले नेपालगन्जको बजारलाई प्रत्यक्ष प्रभाव पारेको छ,' मन्सुरीले भन्नुभयो, 'जसले १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तिरेर व्यापार गरिरहेको छ, उसले थोरै नाफा खाएर बिक्री गर्दा थोरै महँगो पर्न जान्छ, कसैले दुई नम्बरी सामान सस्तो मूल्यमा बेच्न सक्छ।'

आफ्नो देशमा उपभोग्य वस्तुको मूल्य बढेर थेग्नै नसक्ने भएपछि सस्तो मूल्यको सामान खोज्न रुपैडिहा आउनु परेको नेपाली उपभोक्ता बताउँछन्। रुपैडिहा बजारमा सामान किन्न पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट उपभोक्ता सिमा प्रवेश हुने गरेको पाइएको छ। रुपैडिहा बजारमा पनि व्यापारीबीच आन्तरिक रुपमा अस्वस्थ प्रतिस्पर्धा देखिन्छ। उपभोक्ताको लागि पसलमा मूल्य सूची राखिँदैन। सरकारी निकायको पनि त्यति निगरानी हुँदैन। सामानको गुणस्तर र मूल्यमा व्यापारीको मनपरी रहेको नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु