सातौं विश्व शिखर सम्मेलन 10 तारिखदेखि संयुक्त अरब इमेरेट्सको दुबईमा सुरू भएको छ। सो शिखर सम्मेलनमा 1 सय 40 भन्दा बढी मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाका करिब 4 हजार प्रतिनिधिहरू सहभागी भएका छन्। उनीहरुले विश्वको व्यवस्थाको नयाँ सिर्जना तथा सुधार, जलवायु परिवर्तनको सामना, कृत्रिम बुद्धिको प्रयोग र विज्ञान तथा प्रविधिबाट मानवको भविष्यमा पार्ने परिवर्तन आदि विषयबारे वैचारिक आदान-प्रदान तथा छलफल गरेका छन्।
विश्व अर्थतन्त्र मञ्चका संस्थापक एवं कार्यवाहक अध्याक्ष क्लाउस स्वाबले उद्धादन समारोहमा सम्बोधन गर्दै अझ दिगो विकास र सहिष्णुपूर्ण विश्वव्यापीकरण 4.0 का खतरा र चुनौतीको सामना गर्न आह्वान गर्नुभएको छ।
यो सातौं विश्व शिखर सम्मेलन तीन दिन चल्नेछ। सो अवसरमा 16 वटा मञ्च र दुइ सयभन्दा बढी विशेष गोष्ठीको आयोजना हुने जनाइएको छ।