फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले विभिन्न मुलुकसँग मिलेर अझै सुन्दर संसार निर्माणको प्रयास गर्ने

(GMT+08:00) 2019-02-11 19:25:21

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले आज फेब्रुअरी एघार तारिख पैचिङमा नयाँ वर्षमा चीनले विश्वको विभिन्न मुलुकसँग मिलेर अझै सुन्दर, मेलमिलापयुक्त, समृद्धि संसारको निर्माणको प्रयास गर्ने आशा लिएको कुरा बताउनुभएको छ।

चालु वर्षको बसन्त चाडको अवधिमा अमेरिका, बेलायत, जापानलगायतका मुलुकहरूका नेताहरूले विभिन्न तरीकामार्फत चिनियाँ जनतालाई नयाँ वर्षको शुभकामना दिनुभयो। रुसका प्रधानमन्त्री दमिट्रै मेदभेदेभ पाहुना बनेर रुसका लागि चिनियाँ राजदूतावासमा जानुभयो। यसबारे प्रवक्ता व्हाले चीन र रुसको साझा प्रयासमा दुई मुलुकको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध विकास हुने विश्वास लिएका बताउनुभयो।

साथै व्हाले मुलुकहरूबीच पारस्परिक सम्मानता र मेलमिलापयुक्त अस्तित्व भए मात्र संसारले शान्ति, विकास र समृद्धिको स्वागत गर्नसक्ने, यो विभिन्न मुलुकको हितसित अनुकूल हुनुका साथै पनि संसारका जनताको साझा इच्छा भएको बताउनुभयो।

जानकारी तथा लेखहरु