फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनवरीमा ९१ हजार ७ सय पर्यटकले नेपालको भ्रमण गरे

(GMT+08:00) 2019-02-13 14:44:58

नेपालमा सन् २०१९ को पहिलो महिना जनवरीमा नै पर्यटक आगमन उत्साहप्रद रुपमा बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९१ हजार ७ सय ९३ पर्यटक नेपाल भित्रिएका छन्। हवाई मार्गबाट ७७ हजार ३ सय र स्थलमार्गबाट १४ हजार ४ सय ९३ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको कारोबार अनलाइनले लेखेको छ। अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन २५.४ प्रतिशतले बढेको हो। बोर्डका अनुसार भारतीय पर्यटकको आगमन २०.६ प्रतिशतले र चिनियाँको आगमन १४ प्रतिशतमात्रैले बढेको छ। एक महिनामा भारतबाट १४ हजार ६ सय ५० र चीनबाट १३ हजार ६ सय ८८ पर्यटक नेपाल भित्रिएका छन्। भारतबाट हवाईमार्ग हुँदै नेपाल आउने पर्यटकलाई मात्र पर्यटक मान्ने गरिएको छ। तर, स्थलमार्गबाट ठूलो संख्यामा भारतीयहरू नेपाल आउने गरेका छन्।
जानकारी तथा लेखहरु