फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अघिल्ला ६ महिनामा नेपालको चीनतर्फको व्यापार घट्यो

(GMT+08:00) 2019-02-14 13:52:54
नेपाल र चीनबीचको व्यापारमा २९.५ प्रतिशतले व्यापारमा कमी आएको छ। वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, रोजिन, छाला, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधिका सामान लगायतका वस्तुहरुको निर्यात घटेको नेपाल खबर अनलाइनले लेखेको छ।

नेपालमा आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा कुल वस्तु निर्यात १०.३ प्रतिशतले वृद्धि भई ४५ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १३.५ प्रतिशतले वृद्धि भएको थियो। चालू वर्षकै पुसमसान्त सम्ममा भारततर्फ १८.४ प्रतिशत र अन्य मुलुकतर्फ २.७ प्रतिशतले निर्यात वृद्धि भएको छ।

आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा कुल वस्तु आयात ३०.५ प्रतिशतले बढेर ७ खर्ब २३ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.४ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २८.७ प्रतिशत, चीनबाट भएको आयात ४२.९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २८.४ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ। दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका भन्सार नाकाहरूबाट हुने निर्यात वृद्धि भएको छ। त्यसैगरी, कन्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ। अन्य सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ३२.१ प्रतिशतले विस्तार भई ६ खर्ब७८ अर्ब ५३ करोड रुपैंया पुगेको छ।

जानकारी तथा लेखहरु