फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूतद्वारा नेपालका नेताहरुसँग भेटघाट

(GMT+08:00) 2019-02-15 16:46:09

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हौ यान्छीले नेपालका पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर डेउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा केन्द्रीय सचिवालयका सदस्य माधव कुमार नेपाल र झलनाथ खनालसँग भेट-वार्ता गर्नुभएको छ। ती भेटहरुमा चीन र नेपालको सम्बन्धलगायत मामिलाबारे वैचारिक आदान-प्रदान भएको समाचारमा उल्लेख छ।

राजदूत हौका अनुसार, चीन र नेपाल मैत्रिपूर्ण छिमेकी मुलुक हुन्। चीनले नेपालसँगको सम्बन्धमाथि उच्च महत्व दिएर बेल्ट एण्ड रोडको प्रारूपमा विभिन्न क्षेत्रमा नेपालसँगको सहयोगलाई सबल पारी नेपालको आर्थिक तथा सामाजिक विकासका लागि सक्दो सहयोग गर्ने इच्छा लिएको छ।

नेपालका विभिन्न पक्षले नव नियुक्त चिनियाँ राजदूत हौ यान्छीलाई स्वागत गर्नुका साथै नेपालले एक चीन नीतिको सुदृढ लागू गर्ने कुरा दोहोर्‍याएर दीर्घकालमा चीनको समर्थन र सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। नेकपा र नेपाली काँग्रेस पार्टीले चीनसँगको सम्बन्धमाथि उच्च महत्व दिएर साझा प्रयासमा दुई देश र पार्टीबीच विभिन्न क्षेत्रको सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने इच्छा राखेका छन्।

जानकारी तथा लेखहरु