फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीसँग अमेरिकी प्रतिनिधिमण्डलको भेटवार्ता

(GMT+08:00) 2019-02-15 19:40:58

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रअरी 15 तारिख पैचिङस्थित जन वृहत सभा भवनमा चीन र अमेरिकाबीच नयाँ आर्थिक तथा व्यापारिक उच्चस्तरीय छलफलमा सहभागी अमेरिकी व्यापारिक प्रतिनिधि रोबेर्ट लाइथिजर तथा अर्थमन्त्री स्टेभेन म्नुचिनसाँग भेट-वार्ता गर्नुभएको छ।

चीन र अमेरिकाको सम्बन्ध वर्तमान विश्वमा सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धहरूमध्येको एक हो भन्ने कुरा राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभयो। विश्वको शान्ति तथ स्थिरताको सुरक्षा गर्ने र विश्वको विकास तथा समृद्धिलाई घच्घच्याउने क्षेत्रमा दुई देशसँग व्यापक साझा फाइदा हुनुका साथै दुवैले महत्वपूर्ण जिम्मेवार वहन गरेका छन्। दुई देशको सम्बन्धको स्वस्थ तथा स्थिर विकास दुवै देशका जनताको मूल फाइदा र अन्तर्राष्ट्रिय समाजको प्रतीक्षासँग अनुकूल रहेको छ।

उहाँका अनुसार, गत डिसेम्बर महिनायता दुई देशका आर्थिक तथा व्यापारिक मण्डलले पटकपटक र हितकर छलफल गरेका छन्। चीन र अमेरिकाले सहयोग गरेमा दुवैका लागि फाइदाजनक हुने र संघर्ष गरेमा दुवैलाई क्षेति हुने सीले धेरैपटक दोहोर्‍याउनुभयो। सहयोग सबैभन्दा राम्रो छनौट हो भन्दै चीनले सहयोगात्मक तरिकाद्वारा आर्थिक तथा व्यापारिक द्वन्द्व र मतभेदको समाधान गर्ने इच्छा राखेको छ। अवश्य नै सहयोगसँग सिद्धान्त छ। अहिले विश्वले पैचिङमाथि नजर पूर्‍याएको छ। छलफलमा दुई देशका प्रतिनिधिमण्डलले चरणगत प्रगति हासिल गरेका छन्। आगामी साता दुई पक्षले वाशिङ्टनमा फेरि वार्ता गर्नेछन्। अझ प्रयासमा आपसी हितकर र विजयी सन्धिमा सही गराउने आशा सीले गर्नुभयो।

लाइथिजर र म्नुचिनले राष्ट्रपति ट्रम्पको हार्दिक अभिवादन र शुभकामना राष्ट्राध्रयक्ष सीलाई हस्तान्तरण गर्नुभएको छ। अमेरिका र चीनको व्यापारिक सम्बन्ध निकै महत्वपूर्ण छ। विगत दुई दिनमा दुई पक्षले साझा अभिरूचिका आर्थिक तथा व्यापारिक समस्याबारे गहिरो छलफल गरेर महत्वपूर्ण र गाह्रो मामिलामा नयाँ प्रगति हासिल गरेका छन्। दुई पक्षको फाइदासँग अनुकूल सन्धिको प्राप्त गर्न आगामी समयमा अमेरिकी प्रतिनिधि मण्डलले चिनियाँ प्रतिनिधि मण्डलसँग आदान-प्रदानलाई घनिष्ठ पार्नुका साथै प्रयास गर्ने इच्छा लिएको छ।

जानकारी तथा लेखहरु