फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीआरआइ नेटवर्कको हब बन्दै युनान प्रान्तीय खुनमिङ

(GMT+08:00) 2019-02-17 16:22:34

चालु वर्ष युनान प्रान्तको सदरमुकाम खुनमिङमा क्षेत्रीय अन्तर्राष्ट्रिय केन्द्र शहरको निर्माणलाई गतिशील पार्दै बेल्ट एण्ड रोड(बीआरआइ) नेटवर्कको हब बनाइँदै छ। उक्त कुरा युननान प्रान्तीय खुनमिङको १४ औं जन प्रतिनिधि सभाको चौथो बैठकमा जनाइएको हो। युननान प्रान्त चीनको दक्षिण-पश्चिमी भागमा पर्दछ र दक्षिण एशिया, दक्षिण-पूर्वी एशियासँग जोडिन्छ। केही वर्षयता, बीआरआइ निर्माणमा युननान प्रान्त नै दक्षिण एशिया, दक्षिण-पूर्वी एशिया उन्मुख चीनको केन्द्र बन्दै गइरहेको छ।

खुनमिङ नगरपालिकाका मेयर वाङ सिल्याङले सो बैठकमा बोल्दै सन् २०१९ मा दक्षिण एशिया, दक्षिण-पूर्वी एशिया जाने अन्तर्राष्ट्रिय उडानलाई बढाउँदै ती क्षेत्रसँग जोडिने अन्तर्राष्ट्रिय अब्टिकल फाइबर तथा दूरसंचार हबको निर्माणलाई अघि बढाउँदै जाने जानकारी दिनुभएको छ। साथै दक्षिण एशिया, दक्षिण-पूर्वी एशियासँग डाटा आदानप्रदान केन्द्र एवं मात्रृभाषाको कल सेन्टरको निर्माण पनि भइरहेको छ।

जानकारी तथा लेखहरु