फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाको तथाकथित रासायनिक हतियार र हल्लाको वास्तविकता

(GMT+08:00) 2019-02-17 19:44:32
हालै सिरिया सम्बद्ध एक समाचार विश्वभरि फैलियो। बीबीसीका उत्पादक रियम दालातीले सार्वजनिक गरेका छन् कि ६ महिनासम्मको सर्वेक्षणपछि उनले निश्चित गरिसकेका छन् सन् २०१८ को अप्रिलमा सिरियाको दौमामा खिचेको तथाकथित 'रासायनिक हितयार आक्रमण' भिडियो नकल्ली हो। यो छायाङ्कन गरिएको रहेछ। त्यसअघि रूसले पनि पश्चिमी निर्देशकले बनाएको सो कथाको केही विस्तृत विषय चुहाएको थियो। त्यति बेला, सो भिडियो सार्वजनिक भएपछि अमेरिका, बेलायत, फ्रान्सले सिरियामाथि हवाइ आक्रमण गरेका थिए र उनीहरूको सबभन्दा ठूलो प्रमाण सो भिडियोमै उल्लिखित 'रासायनिक हतियार' थियो।

आश्चर्यजनक कुरा के हो भने पश्चिमी मुख्य संचारमाध्यम तथा पश्चिमी मुलुकका केही राजनीतिज्ञहरूमाझ राजनीतिक अथवा सैनिक उद्देश्यका लागि बनाएको कथा वा नक्कली समाचारको संख्या कमी छैन। सबभन्दा सर्वबिदित घटना भनेको सन् २०१३ मा भएको इराक युद्ध मानिन्छ।

यसै सन्दर्भमा चीन सम्बन्धी रिपोर्टमा पश्चिमी मुख्य संचारमाध्यमले पनि बराबर कर्म गर्ने गर्दछन्। केही समयअघि अमेरिकी संचारमाध्यम सीएनएनले मिह्रीगुल तुर्सुन नामक युगुर जातिय महिलाको तथाकथित ' अनुभव'लाइ सार्वजनिक गर्‍यो। सो रिपोर्टमा यसरी लेखिएको छः ३७ वर्ग मिटरको क्षेत्रफलमा ६८ जनालाई थुनिएको छ र केही मरिसकेका छन्। गत वर्ष मिह्रीगुलले अमेरिकी संसदमा आफ्नी 'अनुभव' सुनाइन्। उनको भनाइ नक्कली भएतापनि अमेरिकी सांसद मार्क लुबिओ लगायतका व्यक्तिहरूले प्रस्तुत तथाकथित 'युगुर जातिका मानिसहरूको मानवअधिकार नीति विधेयक' स्वरूप मानियो। मिह्रीगुलको कुरा पूराका पूरै झूठो भएको प्रमाणित भएपछि सीएनएनले गरेको उनको रिपोर्रट आफ्नो वेभसाइटमा कायमै राखिरहेको छ र अरू मिडियाले पनि उद्धृत गर्दै आएका छन्।

हालै केही पश्चिमी संचारमाध्यमले अर्को समाचार सम्प्रेषण गरेका छन् प्रसिद्ध युगुर जातिय संगीतकार अब्दुरेहिम हेयिट झ्यालखानामा मरेका छन् र यसै आधारमा टर्की सरकारले चीनमाथि निन्दा गरेको छ। तर सबभन्दा पछिल्लो भिडियोमा संगीतकार अब्दुरेहिम स्वस्थ रूपमा जीवन बिताइरहेका र आफू मरेको सम्बन्धमा आफूलाइ पनि अनौठो लागेको व्यक्त गरेका छन्। चिनियाँ संचारमाध्यमसँगको अन्तर्वार्तामा टर्की विपक्षी दलका प्रतिनिधि अदनान अक्फिरातले यसरी भन्नुभएको छः यो नै पश्चिमी जासुसी संस्थाले बनाएको झुटो कुरा हो र पश्चिमी संचारमाध्यमपछि लागेर स्वतन्त्रता हराएको छ भन्ने टर्की संचारमाध्यमको समस्या हो।

वास्तविकता नै प्रेस संचारमाध्यम हो प्राण हो। कुनै निर्देशकले छायाङ्कन गरेको वा बनाएको कथालाई समाचार मानेपछि सो संचारमाध्यमप्रति विश्वास कहाँ पाइन्छ र? वास्तवमा पश्चिमी संचारमाध्यमले भनेको प्रेस स्वतन्त्रता नै केही पश्चिमी संचारमाध्यममा कार्यरत सामाजिक कुलिनको विचार हुन्। अरू देशमाथि हस्तक्षेपवादी गतिविधि गर्नु नै उनीहरूको कारवाही हो। विश्वबारे रिपोर्ट गर्दाखेरी पश्चिमी संचारमाध्यमले आफूलाई विश्वको मानवअधिकार तथा स्वतन्त्रता मापदण्ड तर्जुमा गर्ने व्यक्ति वा रक्षकको रूपमा लिने गर्छन्। उनीहरूले बारम्बार निन्दा गर्ने गर्छन्। ज्यादै न्युन अवस्थामा मात्रै समानता र आदर देखाउँछन्। जस्तै भनौं, चीन सम्बन्धी रिपोर्टमा केही संचारमाध्यमले 'चीनको धम्कीपूर्ण भनाइ', 'चीन पतन हुने' भन्दै चिच्याइरहेका छन्। यति धेरै वर्षसम्म गरेतापनि चीनले कसैलाई धम्की दिएको कसैले देखेको छैन। चीन पतन भएको पनि कसैले देखेको छैन। पश्चिमी संचारमाध्यमले भनेको तथाकथित प्रेस स्वतन्त्रताको वास्तविकता भनेको हेला तथा पूर्वाग्रहको दृष्टिकोणबाट विकासोन्मुख मुलुकको स्वतन्त्रतालाई बङ्ग्याउने अथवा हिलो छ्याप्ने काम हो।

बितेका केही वर्षयता, सिरिया होस वा लिबिया वा भेनेजुएला वा यमन संकटको रिपोर्टमा पश्चिमी संचारमाध्यमले आफ्नो देशले अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको निष्पक्षता तथा उचितताबारे निकै कम सोध्ने गर्छन् बरू सरकारको साथमा हस्तक्षेप गर्ने अनुकूल जनमत बनाउने गर्छन्। कहिलेकाहीं सिरियाको 'रासायनिक हतियार आक्रमण' बराबर आधारहिन कथा पनि बनाएर अरू देशमाथि सशस्त्र शक्तिको प्रयोग गर्ने निहुँ खोजिदिन्छन्।

हिजोआज अन्तर्राष्ट्रिय संचारको वास्तविक अवस्था पश्चिमी मुख्य संचारमाध्यमले मुख्य स्थानमा ओगटेका छन् र तिनीहरूले अन्तर्राष्ट्रिय जनमतको प्रवृत्तिको नियन्त्रण गर्छन्। यस्तो अवस्थामा निष्पक्ष र न्यायोजित सन्तुलित खबर पाउन सकिने अवस्था छैन। बीबीसीका उत्पादक रियमले प्रस्तुत गरेको कुरालाई बीबीसीका नेताहरूले व्यक्तिगत मत मानेर भन्छन् भने पश्चिमी मुख्य संचारमाध्यममा पनि रियमको सर्वेक्षणको नतिजाबारे रिपोर्ट पनि पाउन गाह्रो देखिन्छ। तिनीहरूले फेरि एक पटक सामूहिक रूपमा मौनता छानेका छन्।

यसो हेर्दा सरकारलाई साथ दिनका लागि झुटो बोल्ने बानी पश्चिमी संचारमाध्यमको बनिसकेको छ।

जानकारी तथा लेखहरु