फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका आर्थिक व्यापारिक वैचारिक आदानप्रदान, मुख्य विषयमा सहमति

(GMT+08:00) 2019-02-18 16:29:48
फेब्रुअरी पन्ध्र तारिख छैठौं चीन अमेरिका आर्थिक व्यापारिक वैचारिक आदानप्रदान पैचिङ त्याउ यु थाइ राष्ट्रिय हलमा सम्पन्न भएको छ। दुई पक्षले मुख्य विषयमा सैद्धान्तिक रुपमा सहमति जनाउनुका साथै आर्थिक व्यापारिक समस्याको स्मृति पत्रबारे ठोस रुपमा वैचारिक आदानप्रदान गरेका थिए। सम्बन्धित विशेषज्ञका अनुसार, चीन र अमेरकाले सन्धिमा सहमति जनाउने हो भने विश्व अर्थतन्त्र पनि यसबाट लाभन्वित हुनेछ।

फेब्रुअरी चौध र पन्ध्र तारिख चीन र अमेरिकाले दुई मुलुकका राष्ट्रनायकले अर्जेन्टिनामा जनाउनुभएको सहमतिलाई व्यवहारमा उतारेर प्रविधिको हस्तान्तरण, बौद्धिक सम्पदा अधिकारको संरक्षण, सेवा व्यवसाय, कृषि व्यवसाय आदि साझा अभिरुचिका विषयबारे गहिरो रुपमा आदानप्रदान गरेका थिए।

यस पटकको आदानप्रदान पूरा भएपछि चीन र अमेरिकाले आगामी हप्ता वाशिङटनमा वार्ता गर्ने योजना गरेको छ। यसप्रति चिनियाँ विकास अध्ययन कोषका महासचिव लु खाइले वार्ताको भविष्य उज्जवल रहेको विश्वास प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु