फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको गरिवी निवारण कार्य फलदायी

(GMT+08:00) 2019-02-18 16:35:04
चीनको'आर्थिक दैनिक अखवार'को समाचार अनुसार, तिब्बत स्वायत्त प्रदेश, गरिबी निवारण निर्देशनालयका प्रमुख यिन फन श्वीले सन् 2018, तिब्बतको गरिबी निवारण कार्यमा ठूलो प्रगति हासिल गरिनुका साथै पच्चीस वटा अति गरीब जिल्ला र क्षेत्र गरिबीमुक्त पार्दै एक लाख एकासी हजार जनालाई गरिबीमुक्त पारिएको बताउनुभएको छ। अब विपन्नता दर छ प्रतिशतमुनि झरेको छ।

गाउँको पिउने पानीको सुरक्षा क्षेत्रमा, सन् 2018 सरकारले 86 करोड 90लाख चिनियाँ युआन लगानी गरेर जम्मा गरी 1लाख 39हजार विपन्न जनताको सुरक्षित पानीको समस्या समाधान गरेको थियो। गाउँ राजमार्गको निर्माण क्षेत्रमा, सन् 2018 मा सरकारले 37अर्व 29करोड 70 लाख चिनियाँ युआन लगानी गरेर 13 हजार 6 सय किलोमिटरको नयाँ राजमार्ग निर्माण गरेको थियो। उर्जा श्रोतको निर्माण क्षेत्रमा 5 सय 41वटा गाउँको विजुली समस्याको समाधान गरेको थियो।

सन् 2018 सारा तिब्बत जम्मा गरी गरिबी निवारणसम्बन्धी परियोजना 2142 लागू गरिएको छ।

जानकारी तथा लेखहरु