फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सहयोग तथा वार्तामार्फत मात्र विश्व अरु सुरक्षित हुने

(GMT+08:00) 2019-02-18 18:27:43
तीन दिनसम्म चल्ने 55‌औं म्युनिक सुरक्षा सम्मेलन फेब्रुअरी 17 तारिख जर्मनीको म्युनिकमा सम्पन्न भएको छ। यस सम्मेलनको अवधिमा बहुपक्षीयवादको संरक्षण गरी अन्तर्राष्ट्रिय सहयोगलाई प्रवर्द्धन गर्ने विषयमा चीन, जर्मनी तथा रुस लगायत मुलुकहरुको प्रतिवद्धताले सो सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिहरुको व्यापक प्रशंसा तथा समर्थन पाएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक व्यूरोका सदस्य,केन्द्रीय वैदेशिक मामिला कार्यालयका प्रमुख याङ चे छले म्युनिक सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षीयवादको प्रतिपादन तथा त्यसको अवलम्बन गर्नु विश्वका अत्याधिक मुलुकहरुको संयुक्त छनौट भएको बताउनुभयो। अन्तर्राष्ट्रिय सहयोग युगको प्रवाह हो तथा मानवको हित लक्षित समुदायको निर्माण समग्र परिस्थितिको विकास प्रवृति हो भन्ने कुरा पनि उहाँले औंल्याउनुभयो।

नयाँ युगमा चीनको कूटनीतिक नीतिलाई अत्याधिक मुलुकहरुद्वारा मान्यता दिइएको छ। यस पटकको म्युनिक सुरक्षा सम्मेलनमा जर्मनीका चान्सलर एन्जेला मर्केलले दोस्रो विश्व युद्धपछि स्थापित अन्तर्राष्ट्रिय अनुशासनका लागि एकपक्षीयवाद एक किसिमको त्रास-धम्की रहेको ठहर गर्नुभयो।

जानकारी तथा लेखहरु