फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी लगानी भित्र्याउनुअघि स्वदेशी लगानीकर्ताका समस्या सुल्झाउन सरकारको ध्यानाकर्षण

(GMT+08:00) 2019-02-19 14:02:35
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले चैत दोस्रो साता हुने लगानी सम्मेलनअगावै आफ्नो माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । इपानले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले विदेशी लगानी भित्र्याउन सम्मेलन गर्न लागेको भए पनि देशभित्रका लगानीकर्ताहरू भने अप्ठेरोमा परेको दाबी गरेको छ ।

सरकारले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग यसअघि गरेको वाचा पूरा नगरेर नीतिगत रूपमा नै लगानीकर्तालाई हतोत्साहित गरेको इपानको धारणा छ । इपानले प्रवर्द्धकलाई दिने भनी सरकारले गरेको घोषणा कार्यान्वयन गर्न र आयोजनाको कार्यान्वयन सहज बनाउन माग गरेको छ ।

मूल्य वृद्धिका कारण विद्युत् आयोजनाहरू रुग्ण रहेको भन्दै इपानले अहिलेको विद्युत् खरिद दर बढाउनुपर्ने मागसमेत गरेको छ । सरकारले ऊर्जा विकासका लागि एकद्वार प्रणालीबाटै काम हुने व्यवस्था मिलाउने घोषणा गरेको भए पनि कार्यान्वयन नहुँदा प्रवद्र्धकले वर्षौंसम्म विभिन्न निकाय धाउनुपर्ने बाध्यता नहटेको इपानको धारणा रहेको कान्तिपुर अनलाइनले जनाएको छ ।

'सरकारले विभिन्न समयमा जारी गरेका ऊर्जा संकट कार्ययोजना, श्वेतपत्र, निर्देशिकाहरूमा प्रवद्र्धकहरूलाई असजिलो पार्ने र लागत बढाउने प्रावधानहरू राख्न सरकार आतुर छ,' इपानले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'तर, प्रवद्र्धकहरूलाई दिने राहत र सुविधा उपलब्ध गराउन सरकार उदासीन छ ।'

जानकारी तथा लेखहरु