फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानद्वारा भारतका लागि पाकिस्तानी उच्च विशेष दूत फिर्ता

(GMT+08:00) 2019-02-19 14:03:55
पाकिस्तानी विदेशी मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले हिजो फेब्रुअरी अठार तारिख सामाजिक सञ्जाल ट्वीटरमार्फत् पाकिस्तानले अस्थायी रुपमा भारतका लागि पाकिस्तानका उच्च विशेषदूतलाई फिर्ता गरेको जनाउनुभएको छ। हालै भारत नियन्त्रित कश्मीर क्षेत्रमा भएको आत्मघाती आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्धमा छलफल गर्नुपर्ने पनि उहाँले बताउनुभएको छ।

भारत नियन्त्रित कश्मीरमा फेब्रुअरी चौध तारिख एउटा आत्मघाती आक्रमण भएको थियो। यसबाट चालीसभन्दा बढी जना भारत केन्द्रिय आरक्षित प्रहरी सेनाका सैनिकको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन्। आक्रमणपछि भारतको विदेश मन्त्रालयले यस घटनामा पाकिस्तानको हात रहेको दोषारोपण गरेको छ।

पाकिस्तानको विदेशी मन्त्रालयले फेब्रुअरी पन्ध्र तारिख पाकिस्तानका लागि भारतका उच्च विशेषदूतसँग भेटघाट गर्दै उक्त दोषारोपणको खण्डन गरेको छ।

जानकारी तथा लेखहरु