फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ तुङ हङकङ तथा मकाउ खाडी क्षेत्र चीन र विश्वको नयाँ इन्जिन बन्ने

(GMT+08:00) 2019-02-19 18:51:54
चीन सरकारले हिजो फेब्रुअरी 18 तारिख "क्वाङतुङ-हङकङ-मकाउ खाडी क्षेत्रको विकास योजना कार्यक्रम" सार्वजनिक गरी भविष्यमा उत्कृष्ट खाडी क्षेत्र तथा विश्वस्तरीय शहरहरुको समूहको उत्कृष्ट डिजाइन तथा मार्गचित्र विश्वलाई स्पष्टसँग देखाउनेछ।

सन् 2017को जुलाईमा हङकङ चीनमा समाहित भएको बीसौं वार्षिकोत्सवको उपलक्ष्यमा चीनका सर्वोच्च नेता सी चिनफिङले हङकङमा "क्वाङतुङ-हङकङ-मकाउबीचको सहयोगलाई गहन पारी खाडी क्षेत्रको निर्माणलाई अघि बढाउने प्रारुप सन्धि"को अवलोकन गर्नुभयो। जसबाट क्वाङतुङ, हङकङ तथा मकाउ खाडी क्षेत्रको निर्माण औपचारिक रुपमा शुरु भएको संकेत गरिएको छ।

भर्खरै सार्वजनिक"क्वाङतुङ, हङकङ तथा मकाउ खाडी क्षेत्रको विकास योजना कार्यक्रम"मा यस खाडी क्षेत्रको प्रेरक शक्ति रहेको विश्वस्तरीय शहरहरुको समूह,अन्तर्राष्ट्रिय प्रभाव रहेको नयाँ वैज्ञानिक तथा प्राविधिक केन्द्र,"बेल्ट एण्ड रोड"को महत्वपूर्ण टेवा, चीनको भित्री प्रदेश तथा हङकङ र मकाउबीचको सहयोग नमूना क्षेत्रको निर्माण गर्ने उद्देश्य प्रस्तुत गरिएको छ।

जानकारी तथा लेखहरु