फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङको निर्देशनमा आन ह्वी प्रान्तको ठूलो विकास

(GMT+08:00) 2019-02-20 09:37:09

         सन् २०१४ को मार्च ९ तारिख महासचिव सी चिन फिङले बाह्रौँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनअन्तर्गत आन ह्वी प्रान्तको छलफल बैठकमा गाउँ सुधारलाई सक्रिय रुपमा अगाडि बढाउँदै किसानको इच्छाको आधारमा किसान र भूमिबीचको सम्बन्धलाई राम्रोसँग व्यवस्थित गर्नुपर्ने दोहोर्‍याउनुभएको थियो।

        केही वर्षयता आन ह्वीको गहन सुधार भएबाट स्पष्ट परिवर्तन देखिएको छ। हाल आन ह्वीका ५८०० भन्दा बढी गाउँको सामूहिक सम्पत्ति अधिकारको सुधार कार्य पूरा भएको छ भने गाउँका सबै अनुबन्धित भूमिको अधिकारको सुनिश्चित गरिएको छ। सुधारबाट गाउँको स्रोत पुनःजीवित भएको छ।

        सो छलफल बैठकमा महासचिव सी चिन फिङले पार्टी र सरकारको कार्य शैलीको सुधार गर्नुपर्ने कुरामा पनि जोड दिनुभएको थियो। आन ह्वी प्रान्तीय ह फी शहरको तुङछ्यु गाउँको गाउँले हु च मिङका अनुसार, सरकारी कार्य शैलीमा सुधार भएपछि हाल समस्या हुँदा सरकारी कार्यालयमा जानु नपर्ने र सम्बद्ध नेता नै आएर मिलाउने तथा निकै छिटो समाधान हुने गरेको छ।

जानकारी तथा लेखहरु