फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको आर्थिक वृद्धि हुने नेपाल राष्ट्र बैंकको अनुमान

(GMT+08:00) 2019-02-20 14:18:11
सरकारले चालू आर्थिक वर्षको बजेटको अर्र्धवार्षिक समीक्षामार्फत आर्थिक वृद्धिको लक्ष्य नै संशोधन गर्ने तयारी गरिरहेका बेला नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धिको आशालाग्दो परिदृश्य सार्वजनिक गरेको छ। दुई साताअघि केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षको पहिलो तीन महिनालाई आधार मानेर यस वर्ष ६.७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको पत्र अर्थ मन्त्रालयमा पठाएको छ। यो अनुमान बजेटमा उल्लेखितभन्दा १.३ प्रतिशत कम हो।

चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले यस वर्ष ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । त्यो लक्ष्य भेटाउन मुश्किल पर्ने देखिएपछि अर्थ मन्त्रालय विकास खर्च, राजस्व असुली र आर्थिक वृद्धिको लक्ष्य संशोधनको तयारीमा छ। चालू आर्थिक वर्षको सात महिनासम्म लक्ष्यअनुसारको राजस्व उठ्न सकेको छैन भने विकास खर्चपनि जम्मा २२ प्रतिशतमा सीमित छ। राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिनासम्म आर्थिक क्रियाकलापहरूमा सुधार भएको र आर्थिक वृद्धिले निरन्तरता पाउने बताएको छ। उसले कृषि उत्पादनमा भएको वृद्धि, उद्योगहरूको क्षमता उपयोगमा आएको सुधार, निर्माण कार्यमा देखिएको तीव्रता, पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधिमा आएको विस्तारले आर्थिक वृद्धिका सूचकहरू प्रस्तुत गरेको छ। बैंकको ब्याजदरका बिषयमा उद्योगी व्यापारी तथा बैंकर्स र सरकारबीच चर्काचर्की भएकै दिन समीक्षा सार्वजनिक गरेको हो। उसले मौद्रिक नीतिमार्फत कर्जाको वढ्दो मागका कारण आर्थिक वृद्धिले गत दुई वर्षको औषत प्रवृत्तिलाई निरन्तरता दिने संकेत देखिएको जनाएको छ। राष्ट्र बैंकले समष्टिगत आर्थिक स्थायित्वको पक्षतर्फ हेर्दा मूल्यवृद्धि नियन्त्रित नै रहने पनि जनाएको कारोबार अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु