फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

देशका तीन स्थानमा सीप विकास केन्द्र खोल्ने नेपाल सरकारको तयारी

(GMT+08:00) 2019-02-20 14:21:57
रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्तरको सीप विकास केन्द्र स्थापना हुने भएको छ। सैनामैना नगरपालिकाको वडा नम्बर ७ लम्टैयामा रहेको जग्गामा यस्तो केन्द्र बनाउन प्रस्ताव गरिएको थियो। सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने र त्यसलाई उत्पादनमा जोड्ने उद्देश्यका साथ देशभर तीन स्थानमा यस्ता सीप विकास केन्द्र स्थापना गर्ने सरकारको तयारी अनुरुप यहाँ बन्न लागेको हो।

प्रस्तावित जग्गाको मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टसहितको टोलीले निरिक्षणसमेत गरेको छ। प्रस्तावित जग्गामा प्राविधिक अध्यय्न भने यसअघि नै भइसकेको थियो। मंगलबार मन्त्रीसहितको टोलीले विशेष अवलोकन गरेपछि यहीँ स्थानमा केन्द्र बन्ने लगभग पक्का भएको छ। विदेशी कामदारलाई प्रतिस्थापन गरी गरिबी न्यूनिकरण गर्न ठोस योगदान पुर्याई सीपयुक्त जनशक्ति उत्पादन गर्ने र देशको बेरोजगारी समस्यालाई समाधान गर्ने सरकारको लक्ष्य छ।

हाल नेपालमा करिब पाँच लाख जति विदेशी कामदारहरु रहेको अनुमान छ। नारायणी पश्चिमका सबै क्षेत्रलाई समेट्ने गरि सैनामैनामा यो केन्द्र बन्ने छ भने त्यसका अतिरिक्त पूर्वको इटहरीमा र अर्को केन्द्र संघीय राजधानी काठमाण्डौंमा बन्ने भएका छन्। केन्द्रमार्फत सीप तथा व्यावसायिक तालीमका अवसरहरु वृद्धि गरी यस्ता तालीमहरु सेवाग्राहीको निकटमै सञ्चालन गर्ने र स्वरोजगारको अवसर सिर्जना गर्ने वातावरण तयार पारिने छ। नेपालमा कार्यरत विदेशी श्रमिकलाई सीपयुक्त नेपाली श्रमिकबाट क्रमशः प्रतिस्थापन गर्ने गरी सीप विकास केन्द्रको अवधारणा ल्याइएको अनलाइनखबरले लेखेको छ।

जानकारी तथा लेखहरु