फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युआन स्याउ चे चाड अर्थात् रसबरी चाड

(GMT+08:00) 2019-02-20 14:52:03

हिजो चिनियाँ पात्रो अनुसार पहिलो महिनाको पन्ध्रौं दिन हो। यो नेपालको दशैंपछि आउने तिहार जस्तै सम्पूर्ण वसन्त चाडको अन्तिम भाग युआन स्याउ चे चाड अर्थात् रसबरी चाड हो। यो चाड चीनका परम्परागत चाडहरुमध्येको एक हो।

युआन स्याउ चे चाडका अरु नामहरु पनि छन जसलाई "युआन सी","युआन ये"र "शाङ्ग युआन"चे भनिन्छ। तिनको अर्थ नयाँ वर्षको पहिलो महिनाको पहिलो पूर्णिमाको दिन हो। युआन स्याउ चेको रात, चिनियाँ पात्रो अनुसार, पहिलो महिनाको पहिलो पूर्णिमाको रात भएकाले त्यस राति पहिलेदेखि नै रङ्गीबिरङ्गी बत्तीहरु झुण्ड्याउने चलन छ। त्यस कारण, नेपालीहरुले तिहारलाई दीपावली भने जस्तै चिनियाँहरु युआन स्याउ चेलाई तङ्ग चे अर्थात् दीपावली चाड भन्दछन्।

रङ्गीबिरङ्गी बत्तीहरुको दर्शन गर्नु र युआन स्याउ अर्थात् रसबरी खानु यस चाड मनाउने दुइवटा महत्वपूर्ण तरिका हुन्। रसबरीको बारेमा गत साता मैले चर्चा गरिसकेँ। आज मैले मुख्यतः बत्तीहरुको दर्शन रीतिरिवाजबारे जानकारी दिन्छु। बत्तीहरु झुण्ड्याउनुको कारण के हो त? किम्बदन्ती अनुसार, इसा पूर्व एक सय असी वर्षअघि चीनको इतिहासमा सी हान नामक राज-वंशका सम्राट हान वनले पहिलो महिनाको पन्ध्रौं दिन सम्राटको पद-भार ग्रहण गरे। त्यस अवसरको स्मरणका लागि सम्राटले पहिलो महिनाको पन्ध्रौं दिनलाई दीपावली चाडका रुपमा मनाउने निर्णय गरे। त्यसैले हरेक वर्ष यसै दिन राति उनी दरबारबाट निस्केर सर्वसाधारण नर-नारीहरुसँगसँगै हर्ष-बढाइँ गर्नथाले र रमाउन थाले। यसै दिन घर-घर, परिवार-परिवार र गल्ली-गल्ली एवम् सडकका छेऊछाऊमा जताततै विविध किसिमका सुन्दर बत्तीहरु झुण्ड्याइएका देखिन्छन। इसा पूर्व एक सय चारमा युआन स्याउ चे चाडलाई औपचारिक रुपमा देशका महत्वपूर्ण राष्ट्रिय चाडहरुको पंक्तिमा राखियो। यस निर्णयबाट युआन स्याउ चे चाडको अर्थ र महत्व निकै बढेको देखियो। उक्त निर्णयमा भनिएअनुसार, सार्वजनिक स्थान र घर-घर, अझ विशेष गरी समृद्ध सडक-बजार र साँस्कृतिक केन्द्रहरुमा अवश्य नै ठूला ढाँचाका बत्तीको मेला र प्रदर्शनीको आयोजना गर्नुपर्थ्यो। पुरुष र महिला,बुढा-बुढी र केटा-केटीहरुले रातभरि बत्ती हेर्ने,जूवा खेल्ने र नागको रुपजस्ता बत्ती खेलाउने गर्थे र रमाउँथे। मानिसहरुले त्यसपछि हरेक वर्ष यस्तै गरेर रमाइलो गर्नथाले र यसले परम्पराको रुप लियो। दस्तावेजमा उल्लेख गरिएअनुसार, सन् सात सय तेह्रमा त्यस बेलाको थाङ्ग राज-वंशमा राजधानी छाङ्ग आन (अहिलेको सि आन) शहरमा पाँच हजारभन्दा बढी नाना किसिमका रङ्गीबिरङ्गी बत्तीहरुबाट सात मिटर अग्लो एउटा डाँडो बनाइयो।

ती रङ्गीबिरङ्गी बत्तीहरुमध्ये धेरैजसो रङ्गीबिरङ्गी कागजबाट बनाइएका थिए। ती कागजबाट डाँडा-काँडा ,पानी, वास्तु, मानव जाति, फूल, जनावर र चरा-चुरुंगीहरुका आकारका बत्तीहरु बनाउन सकिन्थ्यो। तीमध्ये एक किसिमको प्रचलित बत्तीलाई चीनको सबैभन्दा राम्रो विशेषतायुक्त बत्ती मानिन्थ्यो। उक्त प्रचलित बत्ती एक किसिमको खेलौनारुपी बत्ती थियो। हालसम्म प्राप्त जानकारी अनुसार, त्यसको इतिहास एक हजार वर्षभन्दा पनि पूरानो छ। यस किसिमको बत्तीभित्र पाते पांग्रो जडान गरिएको हुन्थ्यो। त्यसको प्रविधि अनुसार, मैनलाई बाल्ने बित्तिकै त्यसबाट निस्केको ग्यास माथितिर उडेपछि त्यसले त्यो पाते पांग्रालाई घुमाउँछ र, परिणामस्वरुप, पाते पांग्रामा जडान गरिएका कागजी घोडाहरु द्रुत गतिले हावाको गतिमा दौडन्छन। बत्तीको बाहिरबाट हेर्दा साँच्चिकै हजारौं घोडाहरु दगुरिरहे जस्तो लाग्छ।

जानकारी तथा लेखहरु