फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतमा चिनियाँ युआनको कारोबार केन्द्र द्रूत गतिले बढ्दै

(GMT+08:00) 2019-02-20 16:22:07
गत वर्षको उत्तरार्धदेखि चीनको आर्थिक वृद्धिका सामु झन् बढी दबाव र चीन-अमेरिका व्यापारिक वार्तामा विभिन्न अनिश्चित कारकतत्व रहेको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय पूँजी बजारमा चिनियाँ युआनको लगानी गर्ने मूल्य कम रहेको आवाज उठेको छ। तथापि यस क्रममा परम्परागत बैंकिङ्ग मुलुक बेलायतले चिनियाँ युआनमा धेरै लगानी गरी धेरै सम्पति कमाएको छ। "फाइनान्सियल टाइम्स"का अनुसार गत वर्षको अन्त्यमा लण्डनमा चिनियाँ युआनको कारोबार मात्रा बेलायती पाउण्ड र युरोबीचको कारोबार मात्राभन्दा बढी हुन पुगेको छ। जसबाट चीन बाहिर सबैभन्दा बढी चिनियाँ युआनको कारोबार गर्ने स्थान बेलायत बनेको देखिन्छ।

स्विफटको तथ्यांकका अनुसार, गत वर्षको डिसेम्बरमा चिनियाँ युआनको कारोबारमा ३६ प्रतिशत भन्दा बढीको मात्रा बेलायतमा भयो। फ्रान्स तथा सिंगापुरमा चिनियाँ युआनको कारोबारमा करिब ६ प्रतिशतको मात्रा ओगट्यो।

बेलायतले चिनियाँ युआन कारोबारको स्वागत गर्नु कुनै अनौठो कुरा होइन। यताका केही वर्षदेखि चीन तथा बेलायतले विविध नयाँ बैंकिङ्ग कदम चालेका छन्। वाह्य क्षेत्रले चीनको अर्थतन्त्र नराम्रो हुने भने तापनि सन् 2018मा चिनियाँ युआनको विश्वव्यापीकरण स्थिरताका साथ अघि बढेको थियो।

जानकारी तथा लेखहरु