फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्ष भारतमा एच1एन1 क सरुवा रुघाबाट दश हजार संक्रमित

(GMT+08:00) 2019-02-20 16:23:34
भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रद्वारा सार्वजनिक पछिल्लो तथ्यांकका अनुसार,भारतमा चालू वर्षसम्म 'एच1एन1 क' प्रकारको सरुवा रुघाबाट बाह्र हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्। तीमध्ये ३७७ जनाको मृत्यु भएको छ।

नयाँ दिल्लीका एकजना अधिकृतले एच1एन1क प्रकारको सरुवा रोगको प्रतिरोध गर्न सरकारी अस्पतालमा यथेष्ठ शैय्या तथा औषधी रहेको दाबी गरे।

प्राप्त समाचार अनुसार,सन् 2018मा भारतमा 'एच1एन1 क' प्रकारको सरुवा रुघाबाट पन्ध्र हजार भन्दा बढी व्यक्ति संक्रमित भएका थिए। तीमध्ये एक हजार एक सय तीन जनाको मृत्यु भएको थियो।

जानकारी तथा लेखहरु