फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एक पेटी एक मार्ग"को उच्च गुणस्तरको विकासका लागि चीनको प्रयास

(GMT+08:00) 2019-02-21 09:32:50

यस वर्षको अप्रिलमा दोस्रो"एक पेटी एक मार्ग"अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च पैचिङ्गमा आयोजना हुने भएको छ। हाल चीनको वाणिज्य मन्त्रालयले जनाएअनुसार सन्2018मा चीन र "एक पेटी एक मार्ग"सम्बन्धी तटवर्ती क्षेत्रका मुलुकबीचको आर्थिक तथा व्यापारिक सहयोग लगातार गहन पारिँदै गएको छ। लगानी सम्बन्धी सहयोग क्रमशः विस्तार गरिँदै सहयोगात्मक प्रणाली पनि सही बनाउँदै गएको देखिन्छ।

"एक पेटी एक मार्ग"को संयुक्त निर्माण भन्ने निर्णय प्रस्ताव प्रस्तुत भएको पाँच वर्ष भएदेखि यता चीन र"एक पेटी एक मार्ग"सम्बन्धी तटवर्ती क्षेत्रका मुलुकले द्बिपक्षीय बजारको सक्रिय विकास गर्दै व्यापारलाई स्वतन्त्र,सुविधाजनक बनाउँदै आएका छन्। यसप्रति चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री छ्यान ख मिङले जानकारी दिनुभएअनुसार सन्2018मा"एक पेटी एक मार्ग"सम्बन्धी द्बिपक्षीय आर्थिक तथा व्यापारिक सहयोगले सकारात्मक प्रगति पाएको व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो:हामीले नौ मुलुकसँग ई-वाणिज्य सहयोग दस्तावेजमा हस्ताक्षर गरेका छौं। साथै हाम्रो प्रयासमा सारा वर्षमा चीन युरोप रेलवेमा 6363 वटा एक्सप्रेस रेल सञ्चालनमा आएको छ भने जम्मा गरी 5लाख 40 हजार टी.ई.यू. कन्टेनर मालसामानको ढुवानी गरिएको छ। सन्2018 चीन र "एक पेटी एक मार्ग" सम्बन्धी तटवर्ती मुलुकबीचको कूल व्यापार रकम 13 खर्ब अमेरिकी डलर पुगेको छ भने सन्2017को तुलनामा 16.3प्रतिशतले बढेको छ।

गत वर्ष चीनले विदेशी पूँजी भित्र्याइने मापदण्डलाई अझ बढी खुल्ला बनाउँदै विदेशका लागि लगानी तथा सहयोगको व्यवस्थापन प्रणालीको सुधारलाई गहन पार्दै आएको छ। यी नयाँ खुलापनको कदमले शक्तिशाली रुपमा"एक पेटी एक मार्ग"सम्बन्धी तटवर्ती मुलुकद्वारा चीनका लागि गरिने लगानीलाई आकर्षित गरेको देखिन्छ। सम्बन्धित तथ्याङ्कअनुसार सन्2018मा"एक पेटी एक मार्ग"सम्बन्धी तटवर्ती मुलुकले चीनका लागि छ अर्ब अमेरिकी डलरको लगानी लगाएको छ। साथै चीनले सम्बन्धी तटवर्ती मुलुकका लागि गरेको प्रत्यक्ष लगानी 16 अर्ब 27 करोड अमेरिकी डलर पुगेको छ। यसका अतिरिक्त चीनले जापान,स्पेन,नेदरल्याण्ड ,बेल्जियम चार मुलुकसँग तेस्रो पक्षीय बजार सम्बन्धी सहयोग सम्झौता हस्ताक्षर गरेको छ।

उपमन्त्री छ्यानले जानकारी दिनुभएअनुसार चीनले तिब्र गतिले छिमेकी क्षेत्रमा आधारित भइ सारा विश्वलाई उन्मूख हुने उच्च मापदण्ड स्वतन्त्र व्यापार वर्कको स्थापना गरिरहेको छ। जसबाट"एक पेटी एक मार्ग"को निर्माणका लागि संस्थागत प्रत्याभूति सिर्जना गर्ने भएको छ।

जानकारी तथा लेखहरु