फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा दक्षिण एशियाको परिस्थितिप्रति उच्च ध्यान

(GMT+08:00) 2019-02-21 15:34:32
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले फेब्रुअरी बीस तारिख आफ्ना प्रवक्ता मार्फत एउटा वक्तव्य प्रकाशित गर्दै दक्षिण एसिया परिस्थितिमा उच्च ध्यान दिएर भारत र पाकिस्तान सरकारले संयमता कायम राख्न आह्वान गर्नुभएको छ।

थाहा भएअनुसार भारत नियन्त्रित कश्मीरको पुलवामा क्षेत्रमा फेब्रुअरी चौध तारिख एउटा आत्मघाती आक्रमण भएको थियो। यसबाट चालीसभन्दा बढी भारतीय सैनिकहरूको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन्। भारतले यस घटनामा पाकिस्तानको हात रहेको दोषारोपण गरेको छ। पाकिस्तानले यस विरुद्ध अस्थायी रुपमा भारतका लागि पाकिस्तानका उच्च विशेषदूतलाई फिर्ता पनि गरेको छ।

फेब्रुअरी अठार तारिख पुलवामा क्षेत्रमा फेरि अन्धाधुन्ध गोली प्रहारको घटना भएको छ जसबाट नौ जनाको मृत्यु भएको छ।

महासचिव गुटेर्रेसले आक्रमण र हिंसात्मक घटनाको कडा निन्दा गर्दै भारत र पाकिस्तान सरकारसँग संयम गर्न आह्वान गरी परिस्थिति अझ गम्भीर हुनबाट रोक्न आग्रह गर्नुभएको छ।

जानकारी तथा लेखहरु