फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बेल्ट एण्ड रोड"अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा किर्गिजस्तानका राष्ट्रपतिलाई निम्ता

(GMT+08:00) 2019-02-21 18:44:41
चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले आज फेब्रुअरी 21 तारिख पैचिङमा किर्गिजस्तानका परराष्ट्र मन्त्री चिडगिच आइदारबेकोभसँग भेट-वार्ता गर्नुभएको छ।

वाङ यीले किर्गिजस्तान "बेल्ट एण्ड रोड" निर्माणको दृढताका साथ समर्थन दिने र त्यसमा सक्रियताका साथ सहभागी हुने एक महत्वपूर्ण साझेदार हो भन्दै दुई पक्षले मिलेर "बेल्ट एण्ड रोड"को निर्माणमार्फत आपसी हित तथा सहयोगको निरन्तर रुपमा विस्तार गर्नसक्ने आशा प्रकट गर्नुभयो। "बेल्ट एण्ड रोड"अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा सहभागी हुन चीन आउनुहुने किर्गिजस्तानका राष्ट्रपतिका लागि उहाँले हार्दिक निम्ता पनि गर्नुभयो।

भेटमा आइदारबेकोभले चीन-किर्गिजस्तान सम्बन्धको उच्च मूल्यांकन गर्दै सिनच्याङ सम्बन्धी मामिला लगायत चीनको आन्तरिक मामिलाबारे चीनको उचित अडानको दृढताका साथ समर्थन गरेको भन्दै किर्गिजस्तान सरकारले एक मात्र चीनको नीतिको निरन्तर रुपमा अवलम्बन गर्ने कुरा दोहोर्याउनुभयो।

जानकारी तथा लेखहरु