फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङको निर्देशनमा च्याङ सी प्रान्तको गरिबी निवारण र पर्यावरणीय विकास

(GMT+08:00) 2019-02-22 09:42:08

 

          सन् २०१५ को राष्ट्रिय दुई अधिवेशनमा महासचिव सी चिन फिङले च्याङ सी प्रान्तको प्रतिनिधि मण्डलसँगको छलफलमा क्रान्ति सम्पन्न समाजको विकास प्रकृतिमा हराउँदैन भन्ने कुरा दोहोर्‍याउनुभएको थियो।

        महासचिवको निर्देशनको पालना गर्दै च्याङ सी प्रान्तले गरिबी निवारणलाई जनजीवन कार्यक्रमको प्राथमिकतामा राखेर एक गाउँमा एक नीति, एक परिवारमा एक योजना, एक जनालाई एक तरिका आधारित लक्षित गरिबी निवारण कदम चालेको थियो। सन् २०१८ को अन्तसम्म प्रान्तभरिका गरिब जनताको संख्या सन् २०१५ को अन्तको बीस लाखबाट पाँच लाख दश हजारमा घटेको छ भने गरिबी गाउँको सं‍ख्या पनि ३०५८ बाट २६७१ मा घटेको छ। 

       सो अधिवेशनमा सी चिन फिङले आँखाको हेरचाह जस्तै गरी पर्यावरणको संरक्षण गर्नुपर्ने र ज्यानमाथि ध्यान दिए जसरी पर्यावरणमाथि ध्यान दिनुपर्ने दोहोर्‍याउनुभएको थियो। 

       सी चिन फिङको निर्देशनको पालना गर्दै च्याङ सी प्रान्तले पर्यावरण संरक्षण समितिको स्थापना गरेको छ। सन् २०१८ मा प्रान्तभरिको पिएम २.५ को सूचकाङ्क सन् २०१५ कोभन्दा बीस प्रतिशतभन्दा बढी घटेको छ भने जमीनमुनिको पानीको गुणस्तरको उत्कृष्ठ अनुपात ९२ प्रतिशत पुगेको छ।

जानकारी तथा लेखहरु