फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकका लागि 'होम स्टे' संचालन गर्दा बदलियो जीवन

(GMT+08:00) 2019-02-22 15:55:12

दुई वर्षअघिसम्म वीरेन्द्रनगर–१३ आफर गाउँकी विमला विकलाई चुल्हो बाल्नका लागि पनि श्रीमानको भर पर्नुपर्दथ्यो। श्रीमानले भारतमा मजदूरी गरेर कमाएको पैसाले यहाँ परिवारको दैनिकी चल्थ्यो। अहिले अवस्था फेरिएको छ। 'दुबै जना मिलेर घरमै मासिक ३०–४० हजार रुपियाँ कमाउँछौं' विमलाले भनिन्, 'आम्दानी मात्रै होइन्, समाजका लागि पनि उदाहरणीय बनेका छौं।'

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारदेखि आठ किलोमिटर उत्तरपूर्वको आफर गाउँमा ६० घरधूरी छन्। तीमध्ये ५८ घरधूरी दलित समुदायका हुन्। २०७३ देखि यहाँका महिलाहरुले नमूना गाउँ निर्माणको अभियान थाले। सँगै आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउनका लागि होम–स्टे (घरबास) सञ्चालनमा ल्याए। नमूना गाउँ निर्माण र होम–स्टे सञ्चालन गरिएपछि अहिले यहाँका कुनै पनि पुरुषहरु मजदूरी गर्न बाहिर जानु परेको छैन।

गाउँका ६० मध्ये १२ घरधूरीले होम–स्टे सञ्चालनमा ल्याएका छन्। गाउँमा उत्पादन हुने कृषिजन्य तथा खाद्यान्न सामग्री अधिकांश होम–स्टेमै खपत हुन्छन्। नमूना गाउँका लागि आवश्यक ३९ वटा सूचक बनाइएका छन्। ती सूचक पूरा गर्नका लागि नौवटा उपसमिति गठन गरिएका छन्। गाउँका सबै घरहरु सिंगारिएका छन्। घर–आँगन र बाटोघाटोमा फोहर देखिँदैन। शिक्षा, स्वास्थ्य, आयआर्जन र सशक्तीकरणमा गाउँ अग्रणी छ। प्रत्येक घरधूरीले अर्गानिक तरकारी खेती गरेका छन्। पशुचौपाया पनि पालेका छन्। स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तु खरिद र बजारीकरणको जिम्मा नमूना गाउँ मूल समितिले लिएको छ। होम–स्टेमा विदेशी पाहुनाको घुइँचो लाग्छ। नमूना गाउँबाट वीरेन्द्रनगर उपत्यकाको दृष्यवलोकन गर्न सकिने नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु