फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले ग्रामिण क्षेत्रमा ई-व्यापार विकास गर्ने

(GMT+08:00) 2019-02-22 16:51:57
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको कार्यालय तथा राज्य परिषदको कार्यालयले हाल "स-साना किसान तथा आधुनिक कृषिको विकास जोड्ने मत-जिज्ञासा" छापेका छन्। जस अनुसार, "इन्टरनेट जोड्ने स-साना किसान" योजना कार्यान्वयन गरिने, ग्रामीण क्षेत्रको ई-व्यापारको विकास गरिने तथा अग्रस्थानमा रहेका व्यवसायद्वारा स-साना किसानलाई सँगै लैजाने भूमिका कार्यान्वयन गरिनेछ।

सो मत-जिज्ञासाका अनुसार, कृषि सम्बन्धी बिग डाटा, मालसामानको इन्टरनेट, मोबाइल इन्टरनेट तथा एआई लगायत प्रविधिहरुको उपयोग स-साना किसानमा फैलिनेछ, जसबाट स-साना किसानहरु पछिल्लो सूचनाबाट ल्याइने सुविधा उपभोग गर्नसकिनेछ।

सो मत-जिज्ञासाका अनुसार, स-साना किसानको खेती सम्बन्धी नीतिलाई स्थिरताका साथ पूर्णता दिलाइनेछ। खेती ठेका लिने सम्बन्धलाई स्थिर पार्नुका साथै त्यसको निरन्तरता पनि हुनसक्नेछ।

जानकारी तथा लेखहरु