फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुद्रा नीतिमा धेरै कदम चाल्नसकिने भएपनि संख्यात्मक सहजता नीति जरूरी नभएको चीनको ठहर

(GMT+08:00) 2019-02-22 16:52:52
चिनियाँ केन्द्रीय बैंक अर्थात चिनियाँ जन बैंकले फेब्रुअरी 21 तारिख चौथो त्रैमासिक अवधिमा चीनको मुद्रा नीतिको कार्यान्वयन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदनका अनुसार, अहिले चीनको मुद्रा नीतिमा धेरै कदम चाल्नसक्छ, संख्यात्मक सहज नीतिको आवश्यकता छैन।

अन्तर्राष्ट्रिय बैंकिङ संकटको सामना गर्न सन् 2008 देखि अमेरिका, युरोप तथा जापान लगायत विकसित आर्थिक समूहले अघि पछि गरी संख्यात्मक सहजता लगायत असामान्य नीतिको लागू गरेका थिए।

सो प्रतिवेदन अनुसार, परिवर्तित परिस्थिति अनुकूल विनिमय दरलाई बजारमुखी सुधार गरी चिनियाँ युआनको विनिमय दरको लचिलोपनलाई बढाउनुका साथै बजारमा चिनियाँ जन बैंकले मुख्य गरी विदेशी मुद्राको किनमेल मार्फत बजारमा आधारभूत मुद्रा प्रदान गर्छ। मात्रात्मक सहज नीति लागू गर्नुपर्ने आवश्यकता छैन।

जानकारी तथा लेखहरु