फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आलिबाबा ग्रुपबाट चीन अन्तर्राष्ट्रिय क्यापिटल कम्पनीको शेयर किनमेल

(GMT+08:00) 2019-02-22 16:53:41
आलिबाबा ग्रुपले हाल चीन अन्तर्राष्ट्रिय क्यापिटल कम्पनीका हङकङ शेयरको बीस करोड तीस लाख वटा शेयरको किनमेल गरेको खबर घोषणा गरेको छ। यस पटकको शेयर खरिद गरेपछि आलिबाबा ग्रुप चीन अन्तर्राष्ट्रिय क्यापिटल कम्पनीको तेस्रो ठूलो शेयरहोल्डर बन्ने सम्भावना छ।

चीनमा चिनियाँ र विदेशी पूँजीबाट संयुक्त रुपमा संचालित पहिलो बैंकको रुपमा चीन अन्तर्राष्ट्रिय क्यापिटल कम्पनीका बितेका ठूला शेयर होल्डर चीन निर्माण बैंक तथा मोर्गन स्टेन्ली थिए। त्यसपछि केन्द्रीय ह्वीचिन लगानी कम्पनीले त्यसको सबैभन्दा ठूलो शेयरहोल्डर बनेपछि चीन अन्तर्राष्ट्रिय क्यापिटल कम्पनीलाई शेयर बजारको "राष्ट्रिय टोली"मानिन्छ। त्यसैले आलिबाबा ग्रुपले यसको शेयरहोल्डर भएको कुरा अर्थपूर्ण रहेको देखिन्छ।

सर्वप्रथम यसले अहिले चीनको बैंकिङ व्यवसाय तथा शक्तिशाली इन्टरनेट कम्पनी सँगै मिलेर अघि बढ्ने प्रवृति देखाएको छ। र दोस्रो, जुन चीनको बैंकिङ क्षेत्रको "राष्ट्रिय टोली"ले गैर-सरकारी पूँजीका लागि अर्को कोसेढुंगा बनेको छ।

जानकारी तथा लेखहरु