फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत हौद्वारा पर्यटनमन्त्री अधिकारीसँग भेटवार्ता

(GMT+08:00) 2019-02-22 16:55:30
फेब्रुअरी एकाईस तारिख नेपालका लागि चिनियाँ राजदूत हौ यान छीले सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसँग भेटघाट गरी सम्बन्धित क्षेत्रको सहयोगबारे वैचारिक आदानप्रदान गर्नुभएको छ।

चीनका राजदूत हौले चीन र नेपाल भौगोलिक रूपमा नजिकै रहेको बताउँदै नेपालको प्रशस्त ऐतिहासिक साँस्कृतिक सम्पदा र प्राकृतिक दृश्यले चिनियाँ नागरिकलाई आकर्षित गरेको बताउनुभयो। दुई पक्षको संयुक्त प्रयासमा, गत वर्ष नेपालमा घुम्ने पर्यटकको संख्या सबैभन्दा द्रूत गतिले बढेको मुलुक चीन भएको राजदूत हौले बताउँदै दुई मुलुकले पर्यटन क्षेत्रको सहयोगमा ठूलो निहित शक्ति रहेको पनि व्यक्त गर्नुभयो।

भेटमा मन्त्री अधिकारीले नेपाल र चीनबीचको आदानप्रदान घनिष्ठ भएको बताउँदै सँस्कृति, पर्यटन र नागरिक उड्ययन नै आदानप्रदानको महत्वपूर्ण भाग रहेको बताउनुभयो। नेपाल सरकारले सन् 2020 लाई"नेपाल भ्रमण वर्ष"निश्चित पारेको बताउँदै मन्त्री अधिकारीले अझ बढी चिनियाँ पर्यटकलाई स्वागत गर्नुभयो। साथै नेपालले निरन्तर रुपमा पर्यटकीय पूर्वाधारमा सुधार गर्दै चिनियाँ पर्यटकलाई सहज र सुरक्षित सेवा प्रदान गर्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु