फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोद्बारा "सरकारी कार्य प्रतिवेदन" आदि विषयबारे छलफल

(GMT+08:00) 2019-02-22 18:31:13
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले फेब्रुअरी बाईस तारिख एउटा सम्मेलनको आयोजना गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ। त्यस सम्मेलनले राज्य परिषदद्वारा पेश गरिएको सरकारी कार्य प्रतिवेदनबारे छलफल गर्नुका साथै "सन् 2018 केन्द्रीय निरीक्षण कार्य निर्देशन टोलीको मुख्य कार्य प्रतिवेदन", "गरिबी निवारण सम्बन्धी केन्द्रीय समितिको विशेष निरीक्षण अवस्था सम्बन्धी मिलिजुली प्रतिवेदन" र "पार्टी र सरकारका नेताहरूको जाँचबुझ गर्ने कार्य नियम"को लेखाजोखा गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त सम्मेलनको अध्यक्षता गर्नुभएको छ। उक्त सम्मेलनले गत सन् 2018 केन्द्रीय समितिको निरीक्षण कार्य निर्देशन टोलीको कार्यको सकारात्मक मूल्याङ्कन गर्नुका साथै त्यस टोलीले सन् 2019 प्रस्तुत गरेको कार्य बन्दोबस्तीप्रति पनि सहमति जनाएको छ।

जानकारी तथा लेखहरु