फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत र पाकिस्तानद्वारा संयमता कायम राखेर वार्ता गर्ने चीनको आशा

(GMT+08:00) 2019-02-22 18:32:24
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज फेब्रुअरी बाईस तारिख नियमित पत्रकार सम्मेलनमा व्यक्त गर्दै सम्बन्धित पक्षले भारत नियन्त्रित कश्मीर क्षेत्रमा भएको आक्रमणलाई निष्पक्ष र वास्तविक जाँच गर्नुपर्ने, भारत र पाकिस्तानले संयमता कायम राखेर वार्ता गर्ने, संयुक्त रुपमा क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्ने आशा चीनले लिएको बताउनुभएको छ।

थाहा पाएअनुसार, संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले हिजो एकाईस तारिख एउटा आक्रमणसम्बन्धी महासचिव समाचार वार्तालाई सार्वजनिक गरेको छ। समाचार वार्तामा जैश-ए-मोहम्मदका सेनाले यस पटकको आक्रमणको जिम्मा लिएको दावी गरेको उल्लेख गरिएको छ।

पाकिस्तान सरकारले भारतसँग जाँचबुझ गर्नुका साथै भारतसँग वार्तामार्फत दुई मुलुकबीचको मतभेदको समाधान गर्ने इच्छा व्यक्त गरेकोमा चीनले प्रशंसा गरेको प्रवक्ता कङ्ग श्वाङ्गले बताउनुभयो।

जानकारी तथा लेखहरु