फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाद्वारा व्यापारिक समस्याको समाधान गर्न दुई मुलुकका राष्ट्रनायकबीचको सहमतिलाई व्यवहारमा उतार्नुपर्नेमा जोड

(GMT+08:00) 2019-02-23 14:43:24
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय फेब्रुअरी 22 तारिख ह्वाइट हाउसमा सातौं चरणको चीन-अमेरिका उच्चस्तरीय आर्थिक तथा व्यापारिक परामर्श वार्तामा सहभागी हुन वाशिन्टन पुग्नुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूत, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, राज्य परिषदका उप-प्रधानमन्त्री, चीन-अमेरिका चौतर्फी आर्थिक वार्ता सम्बन्धी चिनियाँ निर्देशक लिउ हसँग भेट्नुभएको छ। सो क्रममा ट्रम्पले यस चरणको उच्चस्तरीय परामर्शमा विशाल प्रगति हासिल भएतापनि पर्याप्त काम गर्न बाँकी रहेको हुनाले दुई पक्षले यस परामर्शलाई दुई दिनसम्म लम्ब्याउने निर्णय गरेको व्यक्त गर्नुभयो।

चीन र अमेरिकाबीच धेरै चरणको उच्चस्तरीय आर्थिक तथा व्यापारिक परामर्शको आयोजना भएदेखि परामर्शको समयलाई लम्ब्याइएको यो पहिलो पटक हो। जसबाट सक्रिय प्रगति भएको आधारमा चीन-अमेरिका आर्थिक व्यापारिक परामर्शले सबैभन्दा निर्णायक तथा सबैभन्दा अप्ठ्यारो "अन्तिम"चरणमा प्रवेश गरिसकेको प्रतिबिम्बित भएको छ।

जानकारी तथा लेखहरु