फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा साउदी अरेबियाका युवराजसँग भेट-वार्ता

(GMT+08:00) 2019-02-23 19:00:30
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी 22 तारिख पैचिङमा साउदी अरेबियाका युवराज मोहम्मद बिन सल्मान एलसाउदसँग भेट-वार्ता गरी चीन र साउदी अरेबियाले आपसी रणनीतिक सम्बन्धलाई सबल पारी संयुक्त हितलाई गहन पार्नुपर्ने कुरामा जोड दिनुभएको छ। यसका साथै सीले मध्य पूर्वको शासनमा साउदी अरेबियासँगै मिलेर "विकासबाट शान्ति"को तरिका खोजतलाशी गर्न चीन इच्छुक रहेको बताउनुभयो।

वार्ताको शुरुमा राष्ट्राध्यक्ष सीले विगत केही वर्षदेखि चीन-साउदी अरेबिया सम्बन्धको नयाँ परिस्थितिको उच्च मूल्याँकन गर्नुभयो। उहाँले चीन र साउदी अरेबियाले आपसी केन्द्रीय हित तथा महत्वपूर्ण मामिलामा एक-अर्कालाई समर्थन दिनुपर्ने कुरामा जोड दिनुभयो।

भेटवार्तामा राजकुमार मोहम्मदले साउदी अरेबिया-चीन सम्बन्धको पनि उच्च मूल्यांकन गर्नुभयो। साउदी अरेबियाले चीनलाई एउटा महत्वपूर्ण रणनीतिक साझेदार भएको ठहर गर्दै साउदी अरेबियाका सुधार तथा विकासमा पुर्‍याएको सहयोगप्रति चीनलाई धन्यवाद ज्ञापन गर्नुभयो।

जानकारी तथा लेखहरु