फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मौद्रिक व्यवस्था गहन रूपमा सुधार गर्नुपर्नेमा चिनियाँ राष्ट्राध्यक्ष सीको जोड

(GMT+08:00) 2019-02-23 19:00:54
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनैतिक व्यूरोले हिजो फेब्रुअरी बाईस तारिख मौद्रिक सेवालाई पूर्णता दिलाउने तथा मौद्रिक संकटको प्रतिरोध गर्ने विषयबारे तेह्रौं सामूहिक अध्ययन गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अध्ययनको अध्यक्षता गर्दै अन्तर्राष्ट्रिय अन्तरिक्ष मौद्रिक परिस्थितिलाई गहिरो पारेर बुझाउनुपर्ने, मौद्रिक आपूर्ति व्यवस्था चुस्त रूपमा सुधार गर्नुपर्ने, मौद्रिक व्यवसायले अर्थतन्त्रको सेवा गर्ने क्षमतालाई सबल पार्नुपर्ने तथा चीनको मौद्रिक व्यवसायको स्वस्थ विकास गर्ने विषयमा जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले अध्ययनको अध्यक्षता गर्नुका साथै सम्बोधन पनि गर्नुभयो। उहाँले मौद्रिक व्यवसाय राष्ट्रको मुख्य प्रतिस्पर्धात्मक शक्ति भएको बताउँदै मौद्रिक सुरक्षा राष्ट्रिय सुरक्षाको एउटा महत्वपूर्ण भाग भएकाले सुधार तथा खुलापन यता, चीनको मौद्रिक व्यवसायमा ऐतिहासिक उपलब्धि हासिल भएको बताउनुभयो।

मौद्रिक व्यवसायले अर्थतन्त्रको सेवा गर्नुपर्ने, आर्थिक सामाजिक विकास र जनताको आवश्यकतालाई पूरा गर्नुपर्ने पनि राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो।

जानकारी तथा लेखहरु