फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपतिद्वारा लिउ हसँग भेटवार्ता

(GMT+08:00) 2019-02-23 19:01:17
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार फेब्रुअरी बाईस तारिख ह्वाइट हाउसमा अमेरिकामा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेषदूत, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनैतिक व्यूरोका सदस्य, चीनको राज्य परिषद्का उपप्रधानमन्त्री एवम् चीन-अमेरिका चौतर्फी आर्थिक वार्ताका लागि चीनका जिम्मेवार व्यक्ति लिउ हसँग भेटघाट गर्नुभएको छ।

भेटमा लिउ हले सर्वप्रथम चीनका राष्ट्राध्यक्ष सीको मौखिक सन्देश हस्तान्तरण गर्नुभयो। राष्ट्राध्यक्ष सीले केही समय यता, दुई मुलुकका आर्थिक व्यापारिक टोलीले घनिष्ठ वैचारिक आदानप्रदान गरेको भन्दै सक्रिय प्रगति हासिल गरेको औंल्याउनुभएको छ। भेटमा लिउ हकाले दुई दिन यता, दुई पक्षले व्यापार सन्तुलन,कृषि, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पदाको संरक्षण आदि विषयमा सक्रिय प्रगति हासिल गरेको, दुई पक्षले प्रयास गरी दुई मुलुकका राष्ट्रानायकले दिनुभएको महत्वपूर्ण कार्यभार पूरा गर्ने विचार व्यक्त गर्नुभयो।

यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्राध्यक्ष सीको मौखिक सन्देशप्रति धन्यवाद ज्ञापन गर्दै यस चरणको आदानप्रदानबाट ठूलो प्रगति हासिल भएको र यसका साथै धेरै काम पूरा गर्नुपर्ने रहेको बताउनुभयो। त्यसैले दुई पक्षले यस चरणको आदानप्रदान दुई दिनका लागि लम्ब्याउने निर्णय गरेको पनि उहाँले बताउनुभयो। अमेरिकाले चीनसँग प्रयास गरी अझ बढी उपलब्धि हासिल गर्ने आशा लिएको राष्ट्रपति ट्रम्पले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु