फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र जापानका विदेशी मन्त्रीद्वारा उत्तर कोरिया समस्याबारे छलफल

(GMT+08:00) 2019-02-23 19:01:47
अमेरिका राज्य परिषद्ले फेब्रुअरी बाईस तारिख जनाएअनुसार, अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओले एकाईस तारिख जापानी विदेशी मन्त्री तारो कोनोसँग टेलिफोन वार्तागरी अणविक रहित उत्तर कोरिया र उत्तर कोरियासँगको सम्पर्क लगायतका समस्याबारे छलफल गर्नुभएको छ।

अमेरिकी राज्य परिषद्का उप प्रवक्ता रबर्ट पेलडिनोले बाईस तारिख एउटा विज्ञप्ति प्रकाशित गर्दै अमेरिका र जापानले संयुक्त रुपमा उत्तर कोरियामा आणविकीकरणको अवस्था हटाउन मन्त्री माइकल र तारो कोनोले टेलिफोनमा मतैक्यता जनाएको बताउनुभएको छ। उक्त विवरणमा दुई पक्षले अमेरिका र जापानको गठबन्धन सम्बन्धमाथि छलफल गर्नुका साथै अमेरिका, जापान र दक्षिण कोरियाबीचको त्रिपक्षीय सम्बन्धलाई सबल पार्ने पनि उल्लेख गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनबीचको दोस्रो भेटघाट यही महिनाको सत्ताईस र अठाईस तारिख भियतनामको हनोईमा आयोजित हुँदैछ।

जानकारी तथा लेखहरु