फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुँदै, ८ देशका ३० नाटक देखाइने

(GMT+08:00) 2019-02-23 19:07:11
आउँदो साता काठमाडौं रंगमञ्चमय हुँदैछ । सहरका सबै थिएटरहरू व्यस्त हुनेछन् । मुलुकभित्रका मात्रै हैन, एसियादेखि युरोपसम्मका रंगकर्मी भेला हुनेछन्, नाटक मञ्चन गर्नेछन्, अन्तरक्रिया र कार्यशालामा पनि भाग लिनेछन् । राजधानीमा क्रियाशील विभिन्न सात वटा नाट्य समूहले पहिलो पटक अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्न लागेका हुन् । सोमबार उद्घाटन हुने महोत्सवका लागि मुलुकबाहिर इटलीदेखि मुलुकभित्र कर्णालीसम्मका रंगकर्मीहरू राजधानी आइसकेका छन्। उनीहरू धमाधम रिहर्सल जुट्दै छन् ।

शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार महोत्सवमा नेपालसहित विभिन्न आठवटा मुलुकका नाट्यकर्मीहरूका ३० वटा नाटक छानिएका छन् । ती नाटकहरू अनामनगरस्थित मण्डला थिएटर, बत्तिसपुतलीस्थित शिल्पी थिएटर, त्रिपुरेश्वरस्थित कौशी थिएटर, कीर्तिपुरस्थित थिएटर मल, स्वयम्भू होटल बज्रस्थित नागा थिएटरमा मञ्चन हुनेछन् । 'सबै थिएटरमा रंगमञ्चसम्बन्धी तस्बिर प्रदर्शनी पनि हुनेछन्,' महोत्सवका संयोजक सोमनाथ खनालले भन्नुभयो, 'त्यसका लागि दुई सयवटा नाटकका तस्बिरहरू छानेका छौं ।'

महोत्सवले 'सामाजिक रूपान्तरणका लागि कला–यात्रा' भन्ने थिम तय गरेको छ । यही थिमअनुसार संसारभरबाट प्राप्त झन्डै दुई सय नाटकमध्येबाट ३० वटा छानिएका छन्। कान्तिपुर अनलाइनका अनुसार एक साता चल्ने महोत्सवअन्तर्गत विभिन्न सामानन्तर कार्यक्रमहरू पनि छन् । जसअन्तर्गत विभिन्न विषयमा ११ वटा अन्तरक्रिया र ४ वटा रंगमञ्च कार्यशाला हुनेछन्, जसमा नेपालसहित १३ वटा मुलुकका रंगकर्मीले भाग लिनेछन् ।

जानकारी तथा लेखहरु