फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंको भृकुटीमण्डपमा भारतीय गाडीको भव्य प्रदर्शनी

(GMT+08:00) 2019-02-23 19:08:19
काठमाडौंको भृकुटीमण्डपमा भारतीय गाडीको भव्य प्रदर्शनी चलिरहेको छ। मेलामा भारतीय गाडी उत्पादक कम्पनी महिन्द्राले नयाँ कन्सेप्टसहित आफ्ना उत्पादन प्रदर्शनीमा राखेको छ।

शुक्रबारबाट सुरु भएको मेलामा सवारी साधन मात्रै छैन वाहिर फूड स्टल र स्टेजसहितको म्युजिकल कार्यक्रम समेत छ।'हाम्रो उदेश्य भनेको महिन्द्राका उत्पादनका बारेमा सर्वसाधरणलाई जानकारी गराउनेसँगै मनोरञ्जन समेत दिने हो' अग्नि इन्कर्पोरेटेडका अध्यक्ष क्याविनेट श्रेष्ठले भन्नुभयो,'त्यही भएर हामीले केही नयाँ कन्सेप्टमा मेला गरेका हौं।'

उहाँले एकै स्थानमा महिन्द्राको सबै उत्पादनका बारेमा जानकारी लिन सक्ने जानकारी दिनुभयो। महिन्द्राले विश्वव्यापी रुपमा जनवरी र फेब्रुअरीमा विश्वव्यापी रुपमै नयाँ गाडी लन्च गर्ने ट्रेन्ड छ। त्यही ट्रेन्डलाई पच्छाउँदै कम्पनीले नेपालमा मेला गरेको हो। यही मेला पारेर कम्पनीले महिन्द्राका विभिन्न सेग्मेन्टका सात वटा सवारी साधनको बिक्री तथा प्रदर्शन शुभारम्भ गरेको छ।

बिजमाण्डु अनलाइनका अनुसार मेलामा अग्नीसँगै दुगर ग्रुप र स्वराज समेत सहभागी छ। कम्पनीका अनुसार ११ वटा फुडस्टल रहने मेलामा ३० रुपैयाँदेखि तीन सय ५० रुपैँयाँसम्मको परिकारको स्वाद लिन सक्नेछन्। इन्टरनेट मार्फत www.mahindraudaya.com बाट सर्वसाधरणले मेलामा निशुल्क भाग लिन सक्ने कम्पनीले जनाएको छ। शुक्रबारदेखि आइतबारसम्म आयोजना हुने मेलामा सय रुपैयाँ प्रवेश शुल्क छ। मेला अवधिभर ग्राहकले विशेष छुटमा गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

जानकारी तथा लेखहरु