फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बौद्धिक सम्पदा अधिकारको सँरक्षणबारे चीन र अमेरिकाका तीन वटा "सँयुक्त हित"

(GMT+08:00) 2019-02-24 14:42:47
अमेरिकाको वाशिन्टनमा भइरहेको सातौं चीन-अमेरिका उच्चस्तरीय आर्थिक तथा व्यापारिक परामर्श वार्तामा व्यापारको सन्तुलन,कृषि,प्राविधिक हस्तान्तरण,बौद्धिक सम्पदा अधिकारको संरक्षण तथा बैंकिङ सेवा लगायत क्षेत्रमा सक्रिय प्रगति भएको छ। तीमध्ये बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई सबल पार्ने विषयबारे चीन र अमेरिकाको सहमति निरन्तर रुपमा बढ्दै आएको छ। चीन र अमेरिका विश्वका सबैभन्दा ठूला आर्थिक समुदायको हैसियतमा यस विषयमा कम्तीमा तीन वटा "संयुक्त हित"रहेका छन्।

सर्वप्रथम,आर्थिक प्रतिस्पर्धात्मक शक्तिलाई माथि उकास्ने बारेमा बौद्धिक सम्पदा अधिकारको संरक्षण चीन र अमेरिकाको संयुक्त आग्रह हो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई सबल पार्नु चीनको आर्थिक प्रतिस्पर्धात्मक शक्तिलाई माथि उकास्ने सबैभन्दा ठूलो हौसला भएको कुरा व्यक्त गर्नुभयो।

दोस्रो,अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक व्यवस्थाबाट हेर्दा बौद्धिक सम्पदा अधिकारको संरक्षण "मापदण्ड"बनिसकेको छ।

तेस्रो,चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धबाट चर्चा गर्दा आपसमा बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई सबल पारिनुपर्छ। दुई मुलुक बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध गहन भएको हुनाले एक-अर्कालाई बौद्धिक सम्पदा अधिकारको संरक्षण गरिनुपर्छ।

जानकारी तथा लेखहरु