फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगति राम्रो

(GMT+08:00) 2019-02-24 19:13:59
सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो। आयोजनामा चिनियाँ ठेकेदार 'नर्थवेष्ट सिभिल एभिएसन'र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन। सन् २०१५ को जनवरीदेखि शुरु भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य भए पनि तोकिएको समयमा काम भएन।

चौध महिनापछि आयोजनाको अवस्था अर्कै भएको छ । कूल २६ प्रतिशत भौतिक प्रगतिमा रहेको आयोजना आज करीब ७० प्रतिशतको हाराहारीमा पुगेको छ। भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको विमानस्थलको दुखद अतित सुखद् वर्तमानमा परिणत भएको छ। आगामी भदौ महिनादेखि व्यावसायिक उडान गर्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारीको भनाइ छ। एक वर्ष भयो अधिकारीले आयोजनाको नेतृत्व सम्हालेको । त्यसअघि आयोजना प्रमुखका रुपमा ओम शर्मा हुनुहुन्थ्यो। शर्मालाई प्राधिकरणले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेपछि अधिकारीलाई उक्त आयोजनाको जिम्मा दिइएको थियो। ३३ वर्षीय अधिकारीले भन्छन्, 'एक वर्षको बीचमा ठूलो प्रगति भएको छ। विमानस्थल बन्छ कि बन्दैन भनेर मडारिएको कालो बादल हटेको छ।

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउने बित्तिकै हवाईजहाजलाई थाइल्याण्ड, कोलकत्ता, लखनऊ र नयाँदिल्ली 'डाइभर्ट' गर्नुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर विमानस्थलको प्रगति नहुँदा सरोकारवाला निकायमा निराशा फैलिइरहेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीको रुपमा रविन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयो। ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो। प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो। फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो।

आयोजना प्रमुख अधिकारीका अनुसार आजका दिनसम्मको मूल्याङ्कन गर्ने हो भने ६७ प्रतिशत निर्माण सकिएको छ। विमानस्थलको धावनमार्गको तेस्रो चरणको कालोपत्र सकिएको छ। चौथो तहको कालोपत्र दुई दिनपछि शुरु हुँदैछ। कूल सात दशमलव पाँच इन्च मोटाइको चार तहको कालोपत्र सकिएपछि विमानस्थलको निर्माण करीब सकिन्छ। बढीमा २० दिनभित्र चौथो चरणको कालोपत्र सकेर बत्ती व्यवस्थापनलगायत काम गर्ने सोचमा आयोजना लागेको छ।

ट्याक्सी पार्किङस्थल पिच गर्न ठिक्क पारिएको छ। टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै 'कन्ट्रोल टावर'को कामसमेत अन्तिम चरणमा पुग्न लागेको छ। दैनिक चार सयभन्दा बढी मजदुरले नियमित रूपमा काम गरिरहेका छन्।

अधिकाशं ठूला आयोजना समस्यामा परेको बेला सरकारको सकारात्मक प्रयासले उक्त विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ। कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग पनि निर्माण भएको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु