फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी नेता ट्रम्पसँगको भेटवार्ताका लागि उत्तर कोरियाली नेता किम भियतनाममा

(GMT+08:00) 2019-02-24 19:16:39
भियतनामको हनोईमा आयोजना हुने उत्तर कोरिया तथा अमेरिकाका नेताबीचको दोस्रो भेट-वार्ताका लागि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले हिजो फेब्रअरी 23 तारिख दिउँसो विशेष रेलमार्फत प्योङयोङ छोड्नुभएको छ।

कोरियन केन्द्रीय समाचार समितिका अनुसार,किम जोङ उनको साथमा उत्तर कोरियाको श्रमिक पार्टी केन्द्रीय समितिका उप-प्रमुख किन यौङ चोल,रि सु यौङ,विदेश मन्त्री रि यौङ हो लगायत अधिकृत हुनुहुन्छ।

त्यसका अतिरिक्त,कोरियन केन्द्रीय समाचार समितिले किम जोङ उनले भियतनामको भ्रमण गर्नुहुने जनाएको छ। प्राप्त समाचार अनुसार,भियतनामको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,भियतनामका राष्ट्राध्यक्ष न्वायेन पु टोङको निम्तोमा उत्तर कोरियाको श्रमिक पार्टी केन्द्रीय समितिका प्रमुख,राज्य परिषदका प्रमुख किम जोङ उनले भियतनामको औपचारिक मैत्रीपूर्ण भ्रमण गर्नुहुने कार्यक्रम छ।

जानकारी तथा लेखहरु