फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'बेल्ट एण्ट रोड'द्वारा चीन-साउदी अरबको सहयोगमा नयाँ मोड

(GMT+08:00) 2019-02-24 19:17:33
'लामो पर्खाल नचढ्ने मान्छे बहादूर होइन'चीनको एउटा पुरानो भनाइ हो। केही दिनयता, साउदी अरबका राजकुमार मोहम्मद बिन सैलमान अल सौतले पैचिङको भ्रमण गर्दा लामो पर्खालको अवलोकन गर्नुभएको फोटो साउदी अरबको वेभसाइटमा निकै लोकप्रिय भएको छ। एशिया यात्राको अन्तिम गन्तव्यका रूपमा चीनको भ्रमण गर्नुभएका साउदी राजकुमार मोहम्मदले जम्मा 35 वटा 28 अर्ब अमेरिकी डलर मूल्यबराबरका चीन-साउदी अरब सहयोगात्मक सन्धिमा हस्ताक्षरको साक्षी बस्नुभयो। यस पटकको सहयोगले'बेल्ट एण्ट रोड'प्रस्ताव र साउदी अरबको' सन्2030 सम्भावना'तथा चीन-साउदी अरब हितको नयाँ परिस्थितिलाई खोलेको छ।

सन्2016 मा साउदी अरबले 'सन्2030 सम्भावना'वितरण गरेर उद्योग व्यवसायको विकास, अर्थतन्त्रमा विविधता, राष्ट्रिय उर्जा श्रोतको अवलम्बन गरिएको अर्थतन्त्रमा सुधारको उद्देश्य लिएको थियो। यसले दुई मुलुकको सहयोगमा नयाँ मौका दिएको थियो।

आगामी अप्रिल महिनामा, चीनले दोस्रो 'बेल्ट एण्ट रोड'अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको आयोजना गर्नेछ। 'बेल्ट एण्ट रोड'सहयोगले चीन र साउदी अरबसमेत वरिपरिका मुलुकलाई अझ बढी जीवन्त शक्ति ल्याउने छ।

जानकारी तथा लेखहरु