फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानमा गत वर्ष सशस्त्र द्वन्दमा १० हजारको हताहती

(GMT+08:00) 2019-02-24 19:19:16
संयुक्त राष्ट्र संघको अफ्गानिस्तान उद्धार मण्डलले आज फेब्रुअरी चौब्बीस तारिख एउटा प्रतिवेदन प्रकाशित गर्दै, अफ्गानिस्तानमा सन्2018 मा जम्मा 10, 993 जना सामान्य नागरिकले विभिन्न सशस्त्र भिडन्तका क्रममा ज्यान गुमाएको तथा घाइते भएको जनाएको छ। ती मध्ये 3804जनाको ज्यान गएको छ भने 7 हजार 189 जना घाइते भएका छन्। मृतकमध्ये 927 जना बालबालिका रहेका छन्।

प्रतिवेदन अनुसार, यो संख्या गत केही वर्षको संख्याभन्दा बढी रहेको र बालबालिकाको मृत्यु भएको संख्या पनि इतिहासको नयाँ उचाइमा पुगेको छ।

संयुक्त राष्ट्र संघका महासचिव, अफ्गानिस्तान मामिला विशेषदूत तादामिचिले विभिन्न पक्षले तुरुन्तै कदम चाली सामान्य नागरिकको हताहती संख्या अझ वृद्धि हुनबाट रोक्नुपर्ने बताउनुभएको छ।

जानकारी तथा लेखहरु