फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2019 "चारैतिर एउटै वसन्त चाड" शीर्षकको सांगितिक गाला हङ्गकङ्गमा आयोजित

(GMT+08:00) 2019-02-25 10:48:12

सन् 2019 "चारैतिर एउटै वसन्त चाड" शीर्षकको सांगितिक गाला गत फेब्रुअरी सत्र तारिख राति हङ्गकङ्ग होङ खान रङ्गशालामा आयोजना गरियो।

जुन सांगितिक गाला हङ्गकङ्गका विभिन्न क्षेत्रका लागि आयोजना गरिएको वसन्त चाड मनाइने रात्री समारोह पनि हो। यस वर्षको सांगितिक गालाको मुख्य नारा "सुधार र खुलापन, निरन्तर अघि बढ्दै जाने, बिशाल युगमा रमाइलो गीत गाउने र भविष्यको सपनाको सिर्जना गर्ने" भन्ने रहेको छ भने नयाँ चीन स्थापनाको 70 औँ वार्षिकोत्सवको स्वागत गर्नु नै जुन सांगितिक गालाको मुख्य उद्देश्य रहेको छ। हङ्गकङ्गका विभिन्न क्षेत्रका सात हजारभन्दा बढी नर-नारीहरूले सो सांगितिक गालाको अवलोकन गरेका थिए।

उक्त सांगितिक गाला चीनको राज्य परिषद् अन्तर्गत प्रवासी मामिला कार्यालय, चीनको प्रवासी संघ र हङ्गकङ्ग प्रवासी क्षेत्र सोसाइटी संघको संयोजकत्वमा आयोजना गरियो। त्यस गालालाई हङ्गकङ्गको वसन्त चाड मनाइने रात्री समारोह पनि भनिन्छ। यस वर्ष रात्री समारोहको आयोजना गरिएको नवौं वार्षिकोत्सव पनि हो। "चारैतिर एउटै वसन्त चाड" शीर्षकको हङ्गकङ्ग र मकाउ वसन्त चाड सम्बन्धी सांगितिक गाला कला मण्डलीका प्रमुख लिउ छीका अनुसार, "चारैतिर एउटै वसन्त चाड" शीर्षकको सांगितिक गालाबाट हङ्गकङ्गका देशबन्धुका लागि वसन्त चाडको न्यानो अभिवादन ल्याइएको मात्र नभई सांस्कृतिक उत्तराधिकार, प्रदर्शन र सिर्जना पनि ल्याइएको छ। साथै जुन सांगितिक गाला नयाँ चीन स्थापनाको 70 औँ वार्षिकोत्सवका लागि अर्पण गरिएको उपहार पनि हो।

बितेका केही वर्षयता "चारैतिर एउटै वसन्त चाड" शीर्षकको सांगितिक गाला हङ्गकङ्गमा सफलताका साथ देखाइएकाले हङ्गकङ्गका विभिन्न क्षेत्रले त्यसको उच्च मूल्याङ्कन गर्ने गरेका छन्। जन राजनीतिक परामर्शदात्री सम्मेलनको स्थायी समितिका सदस्य एवम् हङ्गकङ्ग प्रवासी क्षेत्र सोसाइटी संघका प्रमुख यु को छुनका अनुसार, चालु वर्षको सांगितिक गालाबाट चीनको सुधार र खुलापन लागू भएको चालीस वर्ष, क्वाङ तुङ हङ्गकङ्ग र मकाउ ठूलो खाडी क्षेत्रको निर्माण उपलब्धि र नयाँ चीन स्थापनाको 70 औँ वार्षिकोत्सवको स्वागत आदि तत्वहरू पनि स्पष्टसँग प्रतिबिम्बित गरिएको छ। त्यसले सारा देशको विकास गुरु योजनामा संलग्न हुनका लागि हङ्गकङ्गका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई प्रेरणा पनि दिएको छ।

सम्पूर्ण सांगितिक गाला 90 मिनेटसम्म चलेको छ। चीनको क्वै चौ प्रान्तीय ता सिङ तुङ एक्रोबेटिक मण्डली र क्वाङ तुङ नान फाङ नाचगान नाटक मण्डली र चिनान विश्वविद्यालयको विद्यार्थी कला मण्डलीका एक सयभन्दा बढी सदस्यहरूले एक्रोबेटिक र ना कार्यक्रमको अभिनय गरेका छन्। ती सदस्यहरूमध्ये देशको पहिलो श्रेणीका छजना अभिनेता-अभिनेत्री पनि समावेश छन्। उनीहरूले तत्स्थानका दर्शकहरूसमक्ष एउटा उच्चस्तरीय सांस्कृतिक भोज पनि देखाएका छन्।

देशको पहिलो श्रेणीका अभिनेत्री अर्थात् हु नामक वाद्यवादक कलाकार च्याङ ख मैले उक्त सांगितिक गालामा आफ्नो प्रतिनिधि बाजा कार्यक्रम देखाउनुभयो। उहाँको उच्चस्तरीय बाजा प्रविधिको दर्शकहरूले उच्च प्रशंसा गरेका छन्। उहाँले धेरैपटक गरी हङ्गकङ्गमा कार्यक्रम देखाउने गर्नुभयो। पत्रकारसँग कुराकानी गर्दै उहाँले विविध कलात्मक तरिकामार्फत हङ्गकङ्ग र मुख्य भूमि बीचको सांस्कृतिक आदान-प्रदान गर्ने पूलको निर्माणका लागि प्रयास गर्दै जाने इच्छा पनि व्यक्त गर्नुभएको छ।

सन् 2019 "चारैतिर एउटै वसन्त चाड" शीर्षकको सांगितिक गाला गत फेब्रअरी सत्र र अठार तारिख राति हङ्गकङ्ग होङ खान रङ्गशालामा लगातार दुईपटक गरी आयोजना गरिएकाले 13 हजारभन्दा बढी दर्शकलाई आकर्षित गरेको थियो। नयाँ चीन स्थापनाको 70 औँ वार्षिकोत्सव नजिकिंदै आएको सिलसिलामा सो सांगितिक गालाले हङ्गकङ्गको समृद्धि र स्थिरता देखाएको मात्र नभई हङ्गकङ्ग र मुख्य भूमि बीच सँगै विकसित र समृद्ध हुँदै जाने लक्ष्यलाई पनि अघि बढाएको छ। साथै जुन सांगितिक गालाले निरन्तर रुपमा चिनियाँ सपनालाई साकार तुल्याउनका लागि नयाँ शक्ति थप्दै जाने छ।

जानकारी तथा लेखहरु