फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चैत दोश्रो हप्ताबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने

(GMT+08:00) 2019-02-25 14:06:43

चैत दोश्रो हप्ताबाट काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले हिजो आईतबार राजधानीमा पत्रकार सम्मेलन गरि मेला बारे जानकारी गराएको रातोपाटी अनलाइनले लेखेको छ।

चैत १४ देखि १८ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने मेलामा भारत पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड, म्यानमार लगायत मुलुकको सहभागिता रहनेछ। मेलामा ३ सय बढी स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ।

मेलामा चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बंगलादेशबाट ४० वटा स्टलहरु बुकिङ भईसकेको तथा नेपाली हस्तकला र एनटी आईएस बस्तुहरुको समेत गरि ५०स्टल बुकिङ भईसकेको महासंघले जनाएको छ। पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष भवानी राणाले मेलाले नेपाली उत्पादन र बस्तु विश्वसामु चिनाउनुको साथै विश्व बजारीकरणको लागि ठुलो सहयोग पुर्याउने विश्वास आफुहरुले लिएको बताउनुभयो। नेपाल सरकार वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा हरेक बर्ष क्यालेन्डर इभेन्टको रुपमा हुँदै आएको यो मेला यस बर्ष भने लगानी सम्मेलनका कारण केही पछि सारिएको छ।मेलाको स्वदेशी र विदेशी गरी १ लाख बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन्।

जानकारी तथा लेखहरु