फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिका बीचको व्यापारिक छलफलमा वास्तविक प्रगति

(GMT+08:00) 2019-02-25 18:22:35

सातौँ चीन-अमेरिका आर्थिक-व्यापार उच्च स्तरीय छलफल गत आइतबार फेब्रुअरी चौब्बीस तारिख वाशिङ्टनमा सम्पन्न भयो। चार दिनको छलफल पछि अर्जेन्टिना वार्तामा दुवै मुलुकका नेताद्बारा सम्पन्न भएका महत्वपूर्ण सहमतिलाई दुवै पक्षले अझ सशक्त कार्यान्वयन गरेका छन्। दुवै पक्षले प्राविधिक स्थानान्तरण, बौद्धिक सम्पत्ति संरक्षण, सेवा क्षेत्र, कृषि क्षेत्र, विनिमय दर आदि ठोस समस्यामा वास्तविक प्रगति हासिल गरेका छन्। यसका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरमा मार्च एक तारिख चीनद्बारा अमेरिकालाई निर्यात गरिएका सामानहरुको भन्सार बढाउने समय पछि सारेको घोषणा गर्नुभएको छ।

सोबाट यस पटकको छलफलबाट चीन र अमेरिका बीचको व्यापारिक युद्ध समाधानमा महत्वपूर्ण प्रगति हासिल भएको छ। दुवै पक्षको साधारण हितलाई सक्दो प्रयास गर्दै विस्तार गरेकोमा यस पटकको छलफलमा वास्तविक प्रगति हासिल भएको छ। छलफलमा हासिल सफलतामा व्यापार सन्तुलन र संरचनात्मक समस्या दुइवटा मुख्य सफलता समस्या हो। चीनद्बारा अमेरिकामा उत्पादित कृषि, ऊर्जा र सेवा आयात विस्तार गर्ने छ। सोबाट चीन र अमेरिका बीचको व्यापार संतुलन समस्यालाई समाधान गरिने, चिनियाँ राष्ट्रिय घरेलु औद्योगिक ढाँचाको स्तरवृद्धि हुने छ।

चीन र अमेरिका आर्थिक-व्यापारको संरचना समस्याबारे अमेरिकाले प्रस्तुत गरेको केही मागहरुमा चीनको राष्ट्रिय हित, सिद्धान्त र सुरक्षा बाहेक धेरै माग चीनको विकासको दिशा अनुकूल हो। बौद्धिक सम्पत्ति संरक्षण जस्तै, चीन र अमेरिका विश्वका सबैभन्दा ठूलो अर्थव्यवस्था, सिर्जना र व्यापारिक ठूलो मुलुक हो, बौद्धिक सम्पत्ति संरक्षणमा साझा माग र साझा हित रहेको छ।

यस पटकको छलफलमा, दुवै मुलुकका नेताको निर्देशनमा दुवै पक्षले आगामी कार्यलाई राम्रो बनाउने सहमति भएको छ। चीनमा सबैभन्दा ठूलो इमान्दारी र सक्दो प्रयास गर्दै आगामी छलफल कार्यलाई तयारी गर्ने छ। चीनले अमेरिकाद्बारा उही दिशामा जारी राख्ने, साझा हितलाई प्रयास गर्दै विस्तार गर्ने आशा व्यक्त गरेको छ।

जानकारी तथा लेखहरु