फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस र जापानबीचमा शान्ति सन्धिमा हस्ताक्षर नहुने रुसी विदेश मन्त्रीको भनाइ

(GMT+08:00) 2019-02-25 18:28:30

रुसी विदेश मन्त्रालयले हिजो फेब्रुअरी चौब्बीस तारिख एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा रुसी विदेश मन्त्री सर्गेई लाभारोभले भियत्नानममा अन्तर्वार्ता दिँदै रुस र जापानद्बारा साझा स्वीकार गर्दै दुवै मुलुकको शान्ति सन्धिमा हस्ताक्षर हालसम्म नभएको बताउनु भयो।

विदेश मन्त्री लाभारोभले जापानको अवस्थाबारे वार्ता आयोजना सम्भावना नरहेको पनि बताउनुभयो। त्यसअघि जापानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो वर्षको जुन महिनामा बीस वटा मुलुक संगठन ओसाका शिखर सम्मेलनका अवसरमा रुससँग शान्ति सन्धिबारे प्रारुप सम्झौतामा हस्ताक्षर गर्ने इच्छा रहेको थियो। तर सोबारे विदेश मन्त्री लाभारोभले दुवै पक्षबीचमा कुनै सम्झौता हस्ताक्षर सम्भावना नरहेको बताउनुभयो।

जापानको होक्काइडोको उत्तरी क्षेत्रका चार वटा द्बीपहरुलाई जापान र रुसले आफ्नो दावी गर्दै आएका छन्। रुस र जापानले यी द्बीपहरुको सार्वभौमिक समस्याबारे हालसम्म शान्ति सन्धिमा हस्ताक्षर गरेका छैनन्।

जानकारी तथा लेखहरु