फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

किम जोन उन अमेरिकी राष्ट्रपतिसँगको भेटका लागि भियत्नाम प्रस्थान

(GMT+08:00) 2019-02-25 19:03:37

उत्तर कोरिया केन्द्रीय समाचार एजेन्सीले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन फेब्रुअरी तेईस तारिख दिउँसो विशेष विमानद्बारा प्योगयांगबाट भियत्नानमा आयोजना दोस्रो उत्तर कोरिया-अमेरिका शिखरवार्ताका लागि प्रस्थान गर्नुभयो।

फेब्रुअरी सत्ताईस तारिखदेखि अठ्ठाईस तारिखसम्म भियत्नानको हनोईमा उत्तर कोरिया-अमेरिका नेता बीचको भेट-वार्ता आयोजना हुने छ।

उत्तर कोरिया केन्द्रीय समाचार एजेन्सीका अनुसार, भियत्नानका कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्राध्यक्ष नुयोन फू ट्रेनको निमन्त्रणामा उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन भियत्नानमा औपचारिक भ्रमण हुनुहुने छ। सो अवसरमा दुवै मुलुकका नेताबीचमा भेट-वार्ता आयोजना हुने छ।

जानकारी तथा लेखहरु