फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्वारा कानुनी शासन समिति दोस्रो बैठकको अध्यक्षता

(GMT+08:00) 2019-02-26 18:15:08

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष तथा केन्द्रीय समितिको चौतर्फी कानुनी शासन समितिका अध्यक्ष सी चिन फिङले हिजो फेब्रुअरी पच्चीस तारिख दिउँसो पैचिङमा केन्द्रीय समितिको चौतर्फी कानुनी शासन समिति अन्तर्गत दोस्रो बैठकको अध्यक्षता गर्नुका साथै महत्वपूर्ण सम्बोधन गर्नुभयो।

उहाँले सुधार र खुलापनको चालीसौं वार्षिकोत्सवको अनुभवबाट सुधार र विकासका विभिन्न कार्यलाई कार्यान्वयन गर्दै कानुनी राज्य बिना विकास संभवन नभएको बताउनुभयो। उहाँले विधि निर्माणका परियोजनालाई सुधार गर्ने, विधि निर्माण कार्यको गुणस्तर र क्षमता बढाउने, खुलापन र विकासलाई प्रत्याभूति दिने बताउँदै शान्त स्थिर सामाजिक वातावरणको सुरक्षा गर्ने औँल्याउनुभयो। उहाँले विदेशी सम्बन्धित कानुन निर्माण कार्यलाई अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी राजनीतिक व्युरोको स्थायी समितिका सदस्य, केन्द्रीय समिति चौतर्फी कानुनी शासन समितिका उपाध्यक्ष ली ख छ्याङ, ली चाङ शु, वाङ हु निङ लगायतका नेताहरु सो बैठकमा सहभागी हुनुभयो।

जानकारी तथा लेखहरु